बाजुराको सडक दुर्घटनामा २३ जना घाइते

2k Shares

बाजुरा, असार ७ । साँफे–मार्तडी राजमार्गअन्तर्गत बुढीगंगा नगरपालिका–१० रिठा बजार नजिक आज यात्रुवाहक बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन्।

महेन्द्रनगरबाट यात्रु लिएर गन्तव्यतर्फ जाँदै गरेको सुपप्र ०१–००१ ख १३५५ नम्बरको बसको ब्रेक फेल भई सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली उद्धारमा खटिएको थियो। घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घाइतेहरूको अवस्था सामान्य रहेको छ।

सम्बन्धित समाचार