पहिरोले पुरिएर चारजनाको मृत्यु, ६ जनाले भागेर ज्यान जोगाए

1.6k Shares

भाद्र ३, सुदुरपश्चिम, बझाङ । बझाङमा अविरल वर्षासँगै आएको पहिरोले पुरिएर चारजनाको मृत्यु भएको छ । तर सोहि घटनामा  ६ जनाले भने भागेर ज्यान जोगाएका छन् ।

बझाङ जिल्लाको बुङ्गल नगरपालिका–१० टुमेडामा गएराति वीरा धामीको घर माथिबाट आएको पहिरोले पुरिएर बेपत्ता भएका चारजनाको शव आज बिहान निकालिएको जनाइएको छ  ।

पहिरोमा परि मृत्यु हुनेमा एकै परिवारका ५५ वर्षीया काली धामी, २५ वर्षीया गोल्की धामी, ६ वर्षीया आकृति धामी र ३ वर्षीया लक्ष्मी धामी छन् ।

सम्बन्धित समाचार