बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

1.7k Shares

काठमाडौं। बझाङ जिल्लाको कोटदेवल केन्द्रबिन्दु भएर बुधबार बिहान ४:४० बजे ४.२ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र (एनईएमआरसी), खानी तथा भूगर्भ विभागका अनुसार भूकम्पको केन्द्रबिन्दु बझाङको कोटदेवल क्षेत्रमा रहेको थियो।

भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस गरिएको भए पनि हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।

सम्बन्धित निकायले भूकम्पपछिको अवस्थाबारे थप विवरण संकलन गरिरहेको जनाएको छ।

सम्बन्धित समाचार