राप्रपाबाट विद्रोह, दुर्गा प्रसाईंसँग मिलेर नयाँ दल बनाउने धवलशमशेरको घोषणा

3.1k Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर राणा ले पार्टी परित्याग गर्दै दुर्गा प्रसाईंसहित राप्रपाभित्रका असन्तुष्ट नेता–कार्यकर्तालाई समेटेर नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन्।

बुधबार आफ्नो निर्णय सार्वजनिक गर्दै राणाले राप्रपा नेतृत्वले हिन्दु राष्ट्र र राजतन्त्रको एजेन्डालाई प्रभावकारी रूपमा अघि बढाउन नसकेको आरोप लगाए। पार्टीभित्र महाधिवेशन र नेतृत्व हस्तान्तरणको वातावरण नबनेको तथा कार्यकर्ताको भावना सम्बोधन हुन नसकेपछि आफूहरू नयाँ राजनीतिक विकल्प निर्माणको निष्कर्षमा पुगेको उनको भनाइ छ।

राणाले दुर्गा प्रसाईंसहित विभिन्न राष्ट्रवादी अभियन्ता र साना राजनीतिक शक्तिलाई एकताबद्ध गर्दै ‘कट्टर राष्ट्रवादी’ धारको नयाँ पार्टी निर्माण गरिने बताए। राप्रपाबाट मात्रै एजेन्डा स्थापित गर्न नसकिने निष्कर्षमा पुगेकाले नयाँ अभियान आवश्यक भएको उनको दाबी छ।

उनले अब राप्रपामा फर्किने सम्भावना नरहेको स्पष्ट पार्दै पार्टीभित्र असन्तुष्ट रहेका नेता तथा कार्यकर्तालाई नयाँ अभियानमा सहभागी हुन आह्वानसमेत गरेका छन्। राणाका अनुसार आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नयाँ दल गठनको प्रक्रिया अघि बढाइनेछ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वसँग लामो समयदेखि मतभेद बढ्दै गएको र पार्टीले आफ्नै निर्णयअनुसार महाधिवेशन गर्न चासो नदेखाएको आरोप पनि राणाले लगाएका छन्।

नयाँ दल गठनको घोषणासँगै राप्रपाभित्रको असन्तुष्टि थप सतहमा आएको छ भने आगामी दिनमा यसले नेपाली राजनीतिमा नयाँ ध्रुवीकरणको संकेत गरेको विश्लेषण गरिएको छ।

सम्बन्धित समाचार