निजी क्षेत्रको साझा धारणा : सामाजिक सद्भाव बिना आर्थिक समृद्धि सम्भव छैन

2.8k Shares

काठमाडौं । मुलुकको निजी क्षेत्रले वर्तमान आर्थिक अवस्था गम्भीर संकटमा रहेको भन्दै सामाजिक सद्भाव, राजनीतिक स्थिरता र लगानीमैत्री वातावरण कायम नगरेसम्म आर्थिक समृद्धि हासिल गर्न नसकिने निष्कर्ष निकालेको छ।

तराई–मधेश क्षेत्रमा पछिल्ला दिनमा देखिएका घटनाप्रति चिन्ता व्यक्त गर्दै निजी क्षेत्रका प्रतिनिधिहरूले कुनै पनि प्रकारका द्वन्द्व, असहिष्णुता र अस्थिरताले उद्योग, व्यापार तथा लगानीमा प्रत्यक्ष नकारात्मक प्रभाव पार्ने बताएका छन्। उनीहरूले सबै पक्षलाई संयमता अपनाउन, संवादमार्फत समस्या समाधान गर्न र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन्।

निजी क्षेत्रका अनुसार मुलुकको अर्थतन्त्र अहिले सुस्त अवस्थाबाट गुज्रिरहेको छ। यस्तो अवस्थामा लगानीकर्ताको विश्वास बढाउने, व्यवसाय सञ्चालनको वातावरण सुधार्ने र आर्थिक गतिविधि चलायमान बनाउने काम सरकार, निजी क्षेत्र र सरोकारवाला सबैको साझा दायित्व भएको उनीहरूको धारणा छ।

उनीहरूले शान्ति, स्थिरता र सामाजिक एकता कायम भए मात्र उत्पादन, रोजगारी, लगानी तथा समग्र आर्थिक विकासले गति लिने भएकाले सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन्।

 
 
 
सम्बन्धित समाचार