भक्तपुरमा घरेलु विवाद: श्रीमतीको हत्या, ८ वर्षीय छोरा घाइते

1.5k Shares

भक्तपुर । भक्तपुर नगरपालिका–१० छालिङमा भाडाको घरमा बस्दै आएका एक युवकले घरायसी विवादका क्रममा आफ्नी श्रीमतीको हत्या गरेका छन्।

प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश जवेगुका अनुसार शङ्करापुर नगरपालिका–६ नाङ्लेभारेका विदुर विश्वकर्माले आफ्नी ३३ वर्षीया श्रीमती सलिनामाथि खुकुरी प्रहार गरेका थिए। उक्त आक्रमणमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा दम्पतीका ८ वर्षीय छोरा त्रिशल घाइते भएका छन्। घाइते बालकको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

घटना गएराति घरायसी विवादका क्रममा भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। घटनापछि आरोपी विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

 
 
सम्बन्धित समाचार