फेक अकाउन्टमार्फत अनलाइन अपराध, ठमेलमा बंगलादेशी गिरोह पक्राउ

1k Shares

काठमाडौँ । ठमेलका विभिन्न होटलमा बसेर विदेशी युवतीको नक्कली (फेक) सामाजिक सञ्जाल अकाउन्ट बनाएर ब्ल्याकमेलिङ गरेको आरोपमा १५ जना बंगलादेशी नागरिक पक्राउ परेका छन्।

नेपाल प्रहरीका अनुसार ती व्यक्तिहरूले विदेशी युवतीको फोटो तथा पहिचान प्रयोग गरी फेक अकाउन्ट बनाउने, त्यसमार्फत विभिन्न व्यक्तिसँग सम्पर्क गरेर अश्लील भिडियो कल र च्याटमा फसाउने र पछि भिडियो तथा स्क्रिनसट सार्वजनिक गर्ने धम्की दिँदै रकम असुल गर्ने गरेको खुलेको छ।

पक्राउ परेका सबै व्यक्ति काठमाडौँको ठमेल क्षेत्रमा रहेका होटलमा बसेर संगठित रूपमा यस्तो गतिविधि गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट मोबाइल फोन, ल्यापटप, सिमकार्ड र नगदसमेत बरामद गरिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको र संलग्न अन्य व्यक्ति तथा नेटवर्कबारे पनि खोजी जारी रहेको प्रहरीले जानकारी दिएको छ।

 
 
सम्बन्धित समाचार