मनाङको तिलिचो ताल अझै हिउँले ढाकिएको, विदेशी पर्यटक आगमन घट्यो

2.1k Shares

हिमालपारिको जिल्ला मनाङमा समुद्री सतहबाट ४,९१९ मिटर उचाइमा रहेको विश्वकै उच्च तालहरूमध्ये एक तिलिचो ताल अझै हिउँले ढाकिएको अवस्थामा रहेको छ ।

यस मौसममा ताल अवलोकनका लागि सीमित संख्यामा मात्र आन्तरिक पर्यटक पुगेका छन् । कठिन मौसम र उच्च उचाइका कारण यात्रा चुनौतीपूर्ण बनेको स्थानीयहरूले बताएका छन् ।

Tilicho-Lake-1-1536x864.jpg

स्थानीय व्यवसायीका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष विदेशी पर्यटकको आगमन उल्लेखनीय रूपमा घटेको छ । मौसमीय असहजता र आवागमनमा कठिनाइले पर्यटन क्षेत्रमा प्रत्यक्ष असर पारेको उनीहरूको भनाइ छ ।

यद्यपि आन्तरिक पर्यटकको उपस्थिति भने केही मात्रामा देखिएको छ, तर अपेक्षाअनुसारको पर्यटक आगमन नहुँदा स्थानीय पर्यटन व्यवसाय सुस्त बनेको छ  ।

सम्बन्धित समाचार