छैटौँ टाइगर कपको बचत साढे २२ लाख

2.1k Shares

काठमाण्डौ । पोखरामा गत माघमा भएको छैटौँ संस्करणको टाइगर कपबाट साढे २२ लाख ६५ हजार रुपैयाँ बचत भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालले शनिबार सार्वजनिक गरेको आयव्यय प्रतिवेदनमा सो बचत रकम उल्लेख छ ।

प्रतियोगिताबाट १ करोड ६० लाख रुपैयाँ आम्दानी भएको टाइगर ग्रुप अफ पोखराका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए । भलिबल खेल हेर्न आएका दर्शकले काटेको सिजनल र प्रवेश शुल्क टिकटबाट ६० लाखभन्दा बढी रुपैयाँ आम्दानी भएको उनको भनइ छ ।

प्रतियोगिता सञ्चालन गर्न १ करोड ३७ लाख ४२ हजार ६१९ रुपयाँ खर्च भएको उनले बताए । बचत भएको रकम विशुद्ध सामाजिक र खेलकुद क्षेत्रमा सहयोग गरिने शर्माले बताए ।  ९–१७ माघसम्म पोखरा रंगशालाको भलिबल मैदानमा प्रतियोगिता भएको थियो । पुरुषतर्फ ६ र महिलातर्फ ५ टिमको सहभागिता थियो ।

प्रतियोगितामा महिलातर्फ टिप टप न्यु डाइमन्ड स्पोर्टस क्लब पहिलो भएको थियो भने नेपाल पुलिस क्लब दोस्रो र थाइलेन्ड क्विन्स तेस्रो भएको थियो । यस्तै, पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघ पहिलो हुँदा नेपाल पुलिस दोस्रो भएको थियो भने पर्वत जिल्ला भलिबल संघले तेस्रो स्थान हात पारेको थियो ।

सम्बन्धित समाचार