2.6k
Shares
काठमाडौं, ५ साउन । सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले अग्रवाललाई पक्राउ गरेको एसएसपी विश्व अधिकारीले जानकारी दिए ।
दिनेशप्रसाद शाहको जाहेरीमा उनी पक्राउ परेका हुन् । उनीविरुद्ध ६ करोड ४५ लाख रुपैयाँ ठगी गरेको आरोप छ । अग्रवाल शेयर कारोबारी हुन् ।
उनलाई आपराधिक लाभ र ठगी मुद्दामा अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि पक्राउ गरिएको हो । ‘अनुसन्धानका लागि हामीले अग्रवाललाई पक्राउ गरेका हौँ,’ एसएसपी अधिकारीले भने ।
उनलाई काठमाडौँको टोखाबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।