काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भ्रष्टाडार मुद्दा दर्ता भएपछि प्रधानमन्त्री केपी ओलीले आफ्नो राजनीतिक जीवन सिद्ध्याउन चलखेल गरेको आरोप लगाएका छन् ।
अनुचित काम गरेर एक पैसा पनि भ्रष्टाचार हुने काम नगरेको दाबी गरेका नेपालले आफू स्तब्ध भएको बताएका छन् । काठमाडाैं फर्किनेक्रममा बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै नेपालले भने, '‘म स्तब्ध भएँ । कल्पना पनि गरेको थिइनँ । मबाट कुनै पनि अनुचित, भ्रष्टाचारजन्य, कसैबाट पनि एक पैसा लिएको भ्रष्टाचारजन्य काम गरेको कुनै पनि प्रमाण छ।'
प्रधानमन्त्री रहेका बेला आफूले कुनै पनि मन्त्रीलाई कानुनविपरीत काम गर्न निर्देशन नदिएको उनको भनाइ छ ।
‘मैले कुनै पनि मन्त्रीलाई कानुनविपरीत काम गर्न निर्देशन दिएको छैन । मलाई यसमा जसरी जोड्न खोजिएको छ, त्यसमा पूर्वाग्रहबाहेक केही पनि होइन ।’
पतञ्जलि जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेपछि नेपाल रौतहटबाट सिमरा हुँदै काठमाडौं फर्कंदै छन् ।