राजावादी समर्थकद्वारा कोटेश्वरको भाटभटेनीमा लुटपाट र तोडफोड

2.4k Shares

काठमाडौं, १५ चैत । राजावादी समूहका प्रदर्शनकारीहरुले कोटेश्वरको भाटभटेनी सुपरमार्केमा लुटपाट र तोडफोड गरेका छन् । कोटेश्वरमा आगजानी भएपछि तितरवितर भएका प्रदर्शनकारी लुटपाटमा संलग्न भएका हुन्। आज प्रदर्शनकारीहरु भाटभटेनीमा प्रवेश गरी त्यहाँका सामान लुटपाट गरेका हुन् । उनीहरुले सामान बाहिर निकालेर अगाजानी समेत गरेका छन् ।

जनसभाको संज्ञा दिइएको उक्त कार्यक्रम सुरु हुनुभन्दा पहिला नै प्रदर्शनकारी र प्रहरीबीच घम्साघम्सी भएको हो । प्रदर्शनकारीहरुले तीनकुने मै एक व्यक्तिको घरमा आगजनीसमेत गरेका थिए । उनीहरुले प्रहरीको भ्यानमा समेत आगजानी गरेका छन् ।

त्यसैगरी, नेकपा (एकीकृत समाजवादी) को कन्द्रीय कार्यालय, कान्तिपुर टेलिभिजन रहेको भवन, अन्नपुर्ण पोष्टको भवनलगायतमा तोडफोड र आगजानीको प्रयास समेत गरेका थिए ।

सम्बन्धित समाचार