सिन्धुलीका स्थानीय तहहरु धमाधम बन्द हुन थालेका छन् । समुदाय स्तरमा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण फैलिन थालेपछि जिल्लाका ५ वटा स्थानिय निकायका सबै नाका बन्द गर्ने गरी लकडाउन गरिएको हो ।
पछिल्लो समय समुदायस्तरमै कोरोना संक्रमणको जोखिम बढ्नुका साथै अन्य क्षेत्रबाट आवातजावत गर्नेहरुमा बृद्धि भएसंगै कोरोना संक्रमण बढ्ने भन्दै जिल्लाका स्थानिय निकायहरुले सिमानाका बन्द गरेको हुन । दुध र औषधी पसल बाहेक सबै वन्द गरीको ती स्थानिय निकायहरुले बताएका छन ।
यस्तै जिल्लाको दुधौली नगरपालिका,सुनकोसी गाउँपालिका,गोल्नजोर गाउँपालिका र तीनपाटन गाउँपालिकाले अत्यावश्यक बाहेका सम्पुर्ण सेवा बन्द गरिएको विज्ञप्ती मार्फत जनाएका छन । सिन्धुली जिल्लामा हाल सम्म ३० जनामा कोरोना सक्रमण पुष्टि भएको जिल्ला जन स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।