लागूऔषधसहित विभिन्न स्थानबाट २८ जना पक्राउ

1.2k Shares

फागुन२७ ,काठमाडौं ।  प्रहरीले अवैध लागूऔषधसहित मुलुकका विभिन्न स्थानबाट २८ जनलाई पक्राउ गरेको छ ।नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षद्वारा आज प्रकाशित बुलेटिन अनुसार कैलाली, मकवानपुर, मोरङ, दाङ, उदयपुर, सुर्खेत, झापा, बाँके, सुनसरी र कपिलवस्तु जिल्लाका विभिन्न स्थानबाट उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ परेकाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । रासस

सम्बन्धित समाचार