सार्वजनिक शौचालय नजिकै नवजात शिशु फेला

1.7k Shares

हेटौँडा, कात्तिक २२ गते । मकवानपुरको थाहा नगरपालिकामा सार्वजनिक शौचालय नजिकै रहेको झाँडीमा करिब १५२० दिनको जस्तो देखिने  एक नवजात शिशु (बालक) फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।

 नवजात शिशु फेला परेको खबर स्थानीय मार्फत जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय पालुङबाट गएको प्रहरी टोलीले नवजात शिशुको उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा सुरक्षित राखिएको र अवस्था सामान्य रहेको जनाइएको छ ।  

प्रदेश प्रहरी कार्यालयका अनुसार उक्त बच्चा जन्माई फाल्ने झापा जिल्ला लक्ष्मीपुर अर्जुनधारा नगरपालिका ६ घर भई हाल काठमाडौँमा कोठा लिई बस्ने वर्ष २८ की मेनुका धिताल अधिकारीलाई (विवाहित) लाई थाहा नगरपालिका धारापानीस्थित दिदीको घरमा फेला पारी नियन्त्रणमा लिइएको छ ।           

सम्बन्धित समाचार