2k
Shares
१६ भदौ, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजी) बसन्तबहादुर कुँवरले अपराधविरुद्ध सबै जना एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन् ।
विश्वमा हाल संगठित र संक्रमणकालिन अपराध चुनैतीको रुपमा देखा परेको बताउँदै आईजी कुँवरले त्यस्ता अपराधविरुद्ध सबै एकजुट भएर अघि बढ्नुपर्ने बेला आएको बताए ।
महानिरीक्षक कुँवरले विभिन्न देशमा हुने संगठित अपराधहरू एक पक्षीय प्रयासले मात्र नियन्त्रण गर्न नसकिने उल्लेख गर्दै यसको लागि सबै राष्ट्रहरूबीच आपसी सहयोग, सूचनाको आदान प्रदान एवम् समन्वय हुनुपर्ने बताए ।