4.1k
Shares
सर्लाहीको बागमतीमा सडेगलेको अवस्थामा एक जनाको शव फेला परेको छ ।बागमती नगरपालीका ७ बागमती नदी बीचमा नाम थर नखुलेको अन्दाजी ५०÷५२ बर्षका उचाई ५ फिट ३ इन्च भएको कम्मरमा गम्छा बेरेको अबस्थामा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
सर्लाहीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विश्वमणी पोख्रेलले जानकारी दिनु भयो । बुधवार साँझ सडेगलेको अवस्थामा शव देखी स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खबर पाएपछि घटनास्थलमा पुगेको र आवश्यक अनुसन्धान जारी रहेको प्रहरी उपरिक्षक पोख्रेलले बताउनु भयो ।