मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र प्रसाद सिंह भ्रष्टाचारमा लिप्त रहेका पाइएको छ ।सर्लाहीको बरहथवामा ५० शैयाको नगर अस्पताल बनाउने विषयमा विवाद भएपछि स्थानीयलाई उचालेर सर्वसाधारणको ज्यान गएको घटनामा समेत जोडिएका मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री सिंह भ्रष्टाचारमा लिप्त भएका पाइएको हो ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्तिमा मुख्यमन्त्री सरोज कुमार यादव र स्वास्थ्य तथा जनसंख्या मन्त्री सिँह विच हानथाप चलि रहेकै बेला मधेश प्रदेशका विभिन्न स्वास्थ्य संस्थाहरुका लागि भन्दै स्वास्थ्य सम्बन्धी उपकरणहरु खरिदमा अनियमिततामा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्री सिंहको नाम जोडिएको छ । सर्लाही र सिरहाको अस्पतालका लागि“रुम सहितको सिटी स्क्यान”खरिद ठेक्का प्रकारणमा ठेक्का कसलाई दिने भन्ने पहिलै सेटिङ मिलाई सकिएको खुलासा भएको हो ।
स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र,जनकपुरधामका स्थायी बायोमेड इञ्जिनियर शैलेन्द्र यादवलाई अन्यन्त्र सरुवा गरिएपछि मन्त्री सिंहको सो रहस्य बाहिरिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री सिंहले“रुम सहितको सिटी स्क्यान”खरिद ठेक्का प्रकारणमा आफुले भनेका ठेकेदारलाई काम दिन सेटिङ मिलाउन स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र,जनकपुरधामका स्थायी बायोमेड इञ्जिनियर यादवलाई अन्यन्त्र सरुवा गरिएको पाइएको हो भने यादवको ठाउँमा करारमा कार्यरत बायोमेड इन्जिनियर बन्दना मिश्रलाई नियुत्तिः गरिएको पाइएको हो । दरबन्दीका स्थायी कर्मचारी यादवलाई अन्यन्त्र सरुवा गरेर करारमा कर्मचारी नियुक्त भएकी मिश्रलाई स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र,जनकपुरधामको जिम्मा दिनुले मन्त्री सिंहको नियत माथि प्रश्न चिन्ह उब्जीएको छ । मिश्रले तयार पारेको परियोजनाका आधारमा रु २० करोडको सिटी स्क्यान मेसिन खरिदका लागि“रुमसहित मेशिनका लागि स्पेसलक”गरिएको छ ।
केन्द्रले तयार पारेको मापदण्डमा काठमाडौँस्थित“हस्पिटेक”कम्पनीले मात्रै टेण्डर भर्न मिल्ने गरी टेण्डर गरिएको भन्दै अन्य सप्लाई कम्पनीहरुले आपत्ति समेत जनाएका छन् । केहीदिन अघिमात्रै व्यापक र चरम असन्तुष्टिबीच तेस्रोपटक विश्वासको मत पाएका मुख्यमन्त्री यादव,मन्त्रिमण्डल हेरफेरमा कुनै पनि बेला फालिन सक्ने अवस्थाका स्वास्थ्य तथा जनसंख्या मन्त्री सिंहलाई औषधी कम्पनीका प्रतिनिधिहरुले“हाकाहाकी”बदमासी र अपराध भयो भन्दै चुप लागेर नबस्ने चेतावनी दिइसकेका समेत स्रोतको भनाइ छ । सर्लाही र सिरहामा “रुमसहित सिटी स्क्यान मेसिन”का लागि भएको स्पेसलकमा हस्पिटेकले मात्रै टेण्डर भर्न सक्ने गरी बदमासी भएपछि स्वासथ्य तथा जनसंख्या मन्त्री सिंह र स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र,जनकपुरधामकी मिश्रको चौतर्फी विरोध सुरु भएको छ । केन्द्रले गरेको टेण्डरमा फर्म भर्न सक्ने मापदण्डमा हस्पिटेकले मात्रै सामान दिनसक्ने मापदण्ड राखिएको र हस्पिटेकले नेपालमा फिलिप्स कम्पनीको सामान बेचिरहेको पाइएको छ । सोही आधारमा स्पेसक लक गरेर सर्लाही र सिरहा अस्पताललाई मेशिन खरिद तयारी भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रीको निर्देशन विना एउटा निमित्त निर्देशकले यत्रो काम गर्न सक्छन् र भन्ने प्रश्न उब्जिएको छ ।
एउटा मात्रै कम्पनीले मात्रै ठेक्का हाल्न पाउने व्यावस्था गरिनु नै स्वास्थ्य तथा जनसंख्या मन्त्री सिंहको लुट मच्याउने दाउ रहेको प्रमाणित हुन्छ ।आफ्ना नजिकका मानिसहरुबाट मोटो रकम कमिसन पाउने शर्तमा टेण्डर दिने तयारी स्वरुप एउटा कम्पनीले मात्रै टेण्डर भर्नसक्ने मापदण्ड बनाइएको छ ।त्यो कम्पनीले सन २०१२ अर्थात १२ वर्ष पुरानो उपकरण मधेशमा जडान गर्न खोजेको समेत पाइएको छ । कमिसनको भरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री सिंहले आफ्नै गृहजिल्ला सर्लाहीमा समेत १२ वर्ष पुरानो कम्पनीको स्वास्थ्य उपकरण जडान गर्न लागेका पाइएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रीसँग परामर्शविना आपूर्ति केन्द्रका निमित्त निर्देशकले कुनै पनि हालतमा रु २० करोडको टेण्डर गर्नै नसक्ने सो सम्बन्धी जानकारहरु बताउँछन् ।सेटिङमै बहाल कर्मचारी यादवलाई सरुवा गरेर करारका कर्मचारी मिश्रलाई भर्ती गरेर आफ्ले भनेको कम्पनीलाई टेण्डर दिलाउन भएको स्पेस लकले मधेश प्रदेशमा मन्त्रीहरु कुनै पनि हालतमा कमाउ धन्दामा कोही भन्दा कम छैनन् भन्ने पुष्टि गरेको छ ।
यसरी सेटिङ मिलाएर टेण्डर गर्नका लागि विशाल पण्डितको हस्पिटेक कम्पनी मै कार्यरत रहिसकेका कर्मचारी मिश्रलाई केन्द्रमा करारमा नियुक्ति गरिएको समेत पाइएको छ ।मिश्र हस्पिटेक कम्पनीको पूर्व कर्मचारी समेत रहेकी रहस्य बाहिरिएको छ।भएको कर्मचारी सरुवा गरेर करारमा कर्मचारी नियुक्ति किन भयो ? भन्ने स्वास्थ्य मन्त्रालयका कर्मचारीको जिज्ञासा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्री सिंहले आपूर्ति केन्द्रका निमित्त निर्देशक डा.मनीष पाण्डेलाई प्रयोग गरेर खुलासा गरि दिएका छन् । स्वास्थ्य उपकरण वितरण गर्ने कम्पनीहरुका अनुसार,स्वास्थ्य तथा जनसंख्या मन्त्री सिंहको निर्देशनमा जडान हुन लागेको “रुम सहितको सिटी स्क्यान मेसिन”को बजार मूल्य बढीमा रु १२ करोडसम्म मात्रै पर्छ तर एउटा मात्र कम्पनीले किन्न पाउने गरी सेटिङमा गरिएको टेण्डरमा १०–१० करोडका दुई वटा उपकरण खरिदको प्रस्ताव गरिएको छ ।
यसरी हाकाहाकी दुई वटा मेसिनमा कम्तीमा रु आठ करोड घोटाला गर्न सक्ने गरी कर्मचारीसहित सेटिङमा टेण्डर खुलेपछि उपकरण व्यवसायीले मुख्यमन्त्री यादव,स्वास्थ्य तथा जनसंख्या मन्त्री सिंह र निमित्त निर्देशक पाण्डेलाई“विशाल पण्डितले मोटो कमिसन दिए भन्दैमा १२ वर्ष पुरानो सामान जोडेर सरकारको धन र जनताको स्वास्थ्यमा खेलवाड गर्ने”भन्दै प्रश्न समेत गरेका छन् ।उनीहरुले अरु पनि प्रतिस्पर्धी कम्पनीले सस्तोमा उपकरण दिनसक्ने गरी फेरि टेण्डर आह्वान गर्न मुख्यमन्त्री यादव र स्वास्थ्य तथा जनसंख्या मन्त्री सिंहसंग अनुरोध समेत गरेका छन् ।
सेटिङमा करोडौँ घोटालाको योजनाससहित स्पेस लक गरिएपछि मुख्यमन्त्री यादव,स्वास्थ्य तथा जनसंख्या मन्त्री सिंह, निमित्त निर्देशक पाण्डे र जनकपुरका नागरिक समाजलाई व्यवसायीहरुले यो घोटाला रोक्न ज्ञापन पत्र दिने र अन्य अन्तरक्रिया कार्यक्रम पनि गर्ने भएका छन् ।धेरै पुरानो मोडलको उपकरण जडान गरेर मोटो कमिसन खाने प्रदेश सरकारका मन्त्री र कर्मचारीको योजना विफल पार्न उनीहरुले मुख्यमन्त्री यादवलाई आग्रह गरेका छन् । उनीहरुको माग सुनुवाई नभए राजनीतिक दल र नागरिक समाज गुहारिने स्वास्थ्य व्यवसायीहरुले बताएका छन् ।
त्यस्तै,करिब एक वर्षसम्म नेतृत्वविहीन मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा असोजमा उपकुलपतिको दरखास्त खुलेको र नेताहरू आफ्नालाई उपकुलपति बनाउन खोजिरहेका कारण हाल सम्मपनि सो काम हुन नसकेको समेत पाइएको छ ।जनशक्ति अभावका कारण प्रादेशिक अस्पताल जनकपुरले न्यूरो र क्यान्सर जस्ता जटिल स्वास्थ्य समस्याको उपचार सेवा दिन नसकि रहेको अवस्थामा नेता तथा मन्त्रीहरु भने आफ्ना मान्छेलाई कसरी ल्याउन सकिन्छ भन्ने दाउमा लागेका जानकारहरु बताउँछन् ।
मुटु उपचारका लागि केही दिनअघि जेनतेन क्याथ ल्याब सञ्चालन गरिएको भएपनि जनशक्ति नहुँदा निरन्तरता पाउन सकेको छैन् ।अस्पतालले न्यूरो,क्यान्सर र मुटुका गम्भीर बिरामीलाई अन्यत्र रेफर गर्दै आइरहेको अस्पताल स्रोतले बताएको छ।दुई वर्षअघि मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको अधीनमा आएको प्रादेशिक अस्पताल मधेश प्रदेश सरकार मातहतको सबैभन्दा ठूलो अस्पताल भएता पनि कन्सल्ट्यान्ट चिकित्सक,चिकित्सक,मेडिकल ल्याब टेक्निसियन, स्टाफ नर्स,कम्प्युटर इन्जिनियर,कानुन अधिकृत लगायत विभिन्न पदमा ६५ जना कर्मचारीका लागि असोज १०मा सूचना प्रकाशित गरेको थियो । त्यसअघि २०७९ साउनमा पनि ५० जना कर्मचारी भर्ना गर्न विज्ञापन खुलेको भएपनि १० महिनादेखि उपकुलपति नहुँदा अस्पतालले गरेको विज्ञापन अनुसार कर्मचारी छनोट हुनसकेको छैन ।
जेठ २५ मा प्रतिष्ठानका उपकुलपति डा.रामकेवल साहको निधन भएपछि मधेश प्रदेश सरकारले उपकुलपति नियुक्त गर्न सकेको छैन।जसकारण जनशक्ति भर्नादेखि अन्य काम कारबाही गर्न नसकेर प्रादेशिक अस्पताल सञ्चालनदेखि प्रतिष्ठान अन्तर्गत भइरहेको चिकित्सा शिक्षाका विभिन्न विषयको शिक्षण पनि प्रभावित भएको प्रतिष्ठानका शिक्षाध्यक्ष तथा निमित्त उपकुलपति डा.अंकुरप्रसाद साहले बताए । प्रतिष्ठानले कर्मचारी भर्ना लिने तयारी गर्दा करिब तीन महिनाअघि मुख्यमन्त्री कार्यालयले रोकेको थियो ।
उपकुलपति रिक्त हुँदा दीर्घकालीन असर पर्ने कुनै निर्णय नलिन मुख्यमन्त्री कार्यालयले पत्राचार गर्दा कर्मचारी भर्नादेखि विभिन्न कामहरू प्रभावित भइरहेको प्रादेशिक अस्पतालका निर्देशक डा.पण्डितले बताए । उनका अनुसार“तीन पटकको विज्ञापनमा एक सय १३ जना कर्मचारी भर्ना गर्न आवश्यक छ ।हामीले प्रक्रिया अघि बढाउँदा मुख्यमन्त्री कार्यालयले पत्र पठाएर रोकायो।अहिलेसम्म उपकुलपति नियुक्त हुन सकेको छैन ।कामकाज प्रभावित हुँदै आएको छ।” यता,उपकुलपतिकै कारणले कुनै काम रोकिन सक्ने अवस्था नरहेको सहकुलपति समेत रहेका मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री सिंहको तर्क छ ।
“उपकुलपतिको कारणले प्रतिष्ठानको कुनै काम रोकिने छैन।निमित्त उपकुलपति शिक्षाध्यक्षसमेत रहेका डा.साहलाई बनाएकै छौं ।रजिष्ट्रार र निर्देशक छँदैछन् ।”स्वास्थ्य तथा जनसंख्या मन्त्री सिंहले बताए ।“कर्मचारी भर्ना गर्ने काम दीर्घकालीन भएन नि”नीतिगत कुनै निर्णय हुनुभएन।आवेदन निकालेर दैनिक क्रियाकलाप गर्न सकिन्छ ।”स्वास्थ्य तथा जनसंख्या मन्त्री सिंहले बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि असोज १८ मा दरखास्त आह्वान गरेको थियो ।जसमा कात्तिक १५ सम्म नौ जनाको दरखास्त परेको मन्त्रालय स्रोतको भनाई छ । कात्तिक १५ र २१ मा उम्मेदवारको संशोधित नामावली मन्त्रालयले प्रकाशन गरेको थियो ।
डा.रमेशप्रसाद सिंह,डा.योगेन्द्रप्रसाद सिंह,डा. पशुपति चौधरी,डा. राजेन्द्र प्रसाद साह,डा. गौरी शंकर साह,डा. विद्यानाथ यादव,डा. रोहित प्रसाद यादव,डा. अंकुरप्रसाद साह र डा. सुधीर कुमार सिंहले सो समयावधिमा आवेदन दिएका छन् । उपकुलपति नियुक्तिका लागि तीन महिनाअघि मन्त्रालयको स्वास्थ्य समितिले परीक्षा लिए पनि अहिलेसम्म उपकुलपछि छान्न सकेको छैन।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. प्रमोद यादवले समितिका सदस्यहरू विभिन्न कारणले जम्मा हुन नसक्दा उपकुलपति नियुक्तिमा ढिलाइ भइरहेको स्वीकार गरे।यद्यपि कहिलेसम्म नियुक्ति भइसक्छ भन्नेमा उनी आफैं अन्योलमा छन् । “विभिन्न कारणबाट सबै जना जम्मा हुन नसक्दा हुन सकेनौं।यो विषयमा मन्त्रीले बुझ्नुहुन्छ ।
विलम्ब भइरहेको छ। कहिले नियुक्त हुन्छन् भन्ने कुुरा अहिले भन्न सकिंदैन ।”सचिव यादवले भने । यता, स्वास्थ्य तथा जनसंख्या मन्त्री सिंह स्वयम् पनि कहिले उपकुलपति नियुक्त हुन्छन् भन्नेमा ढुक्क छैनन् ।“उपकुलपति नियुक्ति अहिले प्रक्रियामै छ ।उचित समय आएपछि उचित व्यक्ति नियुक्त गरेर सार्वजनिक गर्छौ” स्वास्थ्य तथा जनसंख्या मन्त्री सिंहले भने । छनोट गर्ने स्वास्थ्य समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्री,मन्त्रालयका सचिव,जनस्वास्थ्य प्रयोगशाला मधेश प्रदेशका प्रमुख,नीति आयोगका उपाध्यक्ष र एकजना विशेषज्ञ रहने व्यावस्था छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार आ–आफ्नो मान्छे उपकुलपति नियुक्त हुनुपर्छ भन्ने स्वार्थको कारण नियुक्ति ढिलाइ भएको हो । मन्त्रालय स्रोतका अनुसार दरखास्त दिएका डा.विद्यानाथ यादव जनता समाजवादी पार्टी(जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवका नातेदार पनि हुन् ।डा.रमेशप्रसाद सिंह,स्वास्थ्य तथा जनसंख्या मन्त्री सिंहका जिल्लावासीसँगै निकटस्थ हुन् भने डा.अंकुर साह प्रतिष्ठानका शिक्षाध्यक्षसमेत रहेका उनी निमित्त उपकुलपति पनि हुन् । जसपा नेतृत्वकै सरकार रहेकाले प्रतिष्ठानको कुलपति समेत रहेका मुख्यमन्त्री यादव जसपा अध्यक्ष उपेन्द्रका सम्धी डा.विद्यानाथलाई उपकुलपति बनाउने दौडमा छन् भने आफ्ना निकटस्थ डा.रमेशलाई उपकुलपति बनाउने दाउमा नेपाली कांग्रेस मधेश प्रदेश समिति उप सभापति समेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री सिंह लगेका मन्त्रालय स्रोतको भनाइ छ भने,निमित्त उपकुलपति रहेका प्रतिष्ठानका शिक्षाध्यक्ष डा.अंकुर अनुभवी रहेको र उनले गर्दा प्रतिष्ठान सञ्चालनमा सहजता हुने हुनाले उनैलाई बनाउनुपर्ने प्रतिष्ठान तथा मन्त्रालयभित्र दबाब रहेको समेत पाइएको छ ।
यता,स्वास्थ्य तथा जनसंख्या मन्त्री सिंहले आफ्ना कोही उम्मेदवार उपकुलपतिको उम्मेदवार नरहेको दावी गरेका छन् ।उपकुलपति कुनै पनि भागबन्डामा नहुने उनले बकताए पनि लामो समयसम्म उपकुलपति नियुक्ति हुन नसक्नुमा उनीपनि अछुतो छैनन् ।तर,“भिसी नियुक्ति भागबन्डामा कुनै पनि हालतमा म हुनदिन्नँ । जो उम्मेदवार योग्य छन्, उनको नाम म सिफारिस गर्छु ।भागबन्डाकै आधारमा म सिफारिस नगर्ने”स्वासथ्य तथा जनसंख्या मन्त्री सिंहले बताए ।
कतिखेर मन्त्री पद खुस्किन्छ भन्ने चिन्ताले ग्रस्त सबै मन्त्रीहरु पाएको बेला चर्काे कमाउ धन्दामा लागिरहेका छन् भन्ने प्रमाणित “रुम सहितको सिटी स्क्यान मेसिन”खरिद र“मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान”मा उपकुलपति नियुक्ति प्रकरण राम्रो उदाहरण बनेका छन्