सर्लाहीमा माेटरसाईकल दुर्घटनामा एककाे मृत्युु,दुई घाईते

2k Shares

सर्लाहीकाे गाेडैता नगरपालिका ८ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् ।

गएराति गोडैता नगरपालिका ८ मा गएराती मधेश प्रदेश ०२- ००७ प १२३० नम्बरको मोटरसाइकलले दुई जना पैदल यात्रुलाई ठक्कर दिँदा पैदलयात्रु चक्रघट्टा गाउँपालिका ९ खोरिया घरका अन्दाजी ५० बर्षीय नागेन्द्र रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक दिपेन्द्र पञ्जियार थारुले जानकारी दिए ।

उनका अनुसार तिब्रगतिमा आएकाे माेटरसाईकल पैदल यात्रुलाई ठक्कर दिएर पल्टिदा मोटरसाइकल चालक गोडैता नगरपालिका ६ का अन्दाजी २३ वर्षीय युवक श्याम राय घाइते भएका छन्।  माेटरसाईकलकाे ठक्करबाट अर्का पैदलयात्रु चक्रघट्टा गाउँपालिका- ९ कै अन्दाजी ४५ वर्षीय श्याम राय पनि घाइते भएका प्रहरीले जनाएको छ ।घाइते दुबै जनाको प्रादेशिक अस्पताल मलंगवा,सर्लाहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

सम्बन्धित समाचार