सर्लाही प्रहरीको ठुलाे सफलता,सय किलाे बढी गाँजा सहित मानिस नियन्त्रणमा

2.1k Shares

सर्लाहीको नयाँ राेड बरहथवा सडक खण्ड स्थित बागमती नगरपालिका ३ धरहरा क्षेत्रबाट एक क्विन्टल भन्दा बढी प्रतिवन्धित लागू औँषध गाँजा सहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी विशेष टाेलीले बिहीबार बिहान करिब ९:४५ बजे नयाँ राेड बरहथवा सडक खण्ड स्थित बागमती नगरपालिका ३ धरहरा क्षेत्रबाट एक क्विन्टल १६ किलाे प्रतिवन्धित लागू औँषध गाँजा सहित बागमती प्रदेश ०१-०२६ च ५१५९ नम्बरकाे कार र एकजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिवन्धित लागू औँषध गाँजा कारकाे पछाडिको डिकिमा राखेर नयाँ राेडबाट बरहथवा तर्फ लैजाँदै गरेकाे भन्ने विशेष सुचनाकाे आधारमा खटिएको प्रहरीकाे विशेष टाेलीले प्रतिवन्धित लागू औँषध गाँजा एक क्विन्टल १६ किलाे सहित कार र नवलपरासीकाे गाैडाकाेट नगरपालिका ११ का अन्दाजी वर्ष ३० का सुर्य परियारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका परियार  सहित कारलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको नियन्त्रणमा राखेर अनुसन्धान अघि बढाईएकाे प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार