प्र.ना.उ.पञ्जिारका छुट्टै २ जना धुमुवा, हबल्दारद्धय लबहर र लालुलाई मौका

1.3k Shares

जिल्ला प्रहरी कार्यालय सर्लाहीका कार्यरत प्रहरी सहायक हबल्दारद्धय लबहर यादव र लालु प्रसाद यादवको कमिसन असुली चर्किएको पाइएको हो।जिल्ला प्रहरी कार्यालय सर्लाहीमा प्रहरी प्रमुख नभएको मौका छोपी जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रहरी प्रमुख एवम प्रहरी नायव उपरिक्षक दिपेन्द्र पञ्जियार थारुले सहायक हबल्दारद्धय लबहर र लालुलाई घुमुवा राखि परिचालन गरेका हुन ।
पटक पटक घुमुवा बसेर विवादत भएका सहायक हबल्दार लबहर फेरी पनि घुमुवा बस्न सफल भएका हुन।इलाका प्रहरी कार्यालय बरहथवा र सिमा प्रहरी चौकी गोरखकालीमा समेत घुमुवा बसेर विवादित भएका लबहर  फेरीपनि घुमुवा बसेर असुली चलाएका प्रहरी स्रोतको दाबी छ ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक प्रवीण धितालले उनीहरु दुवैजनाले असुली चर्काएको थाहा पाएपछि स्पष्टीकरण सोधेर जिल्लामा थन्क्याएका थिए तर उनको काज फिर्ता भएपछि फेरी जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रहरी प्रमुख एवम प्रहरी नायव उपरिक्षक पञ्जियारले सहायक हबल्दारद्धय लबहर र लालुलाई घुमुवा राखि परिचालन गरेका छन् ।
यता,सो विषयमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रहरी प्रमुख एवम प्रहरी नायव उपरिक्षक पञ्जियारलाई तपाईले सहायक हबल्दार लबहर र लालुलाई घुमुवा राख्नु भएको हो भनी कमलामाई मिडिया प्रा.लिले सोध्दा उनले पहिलाका घुमुवाहरुको काम चित्त बुझ्दो नभएकाले आफुले सहायक हबल्दारद्धय लबहर र लालुलाई घुमुवा राखेको स्वीकार गरे।उनले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक दयानिधि ज्ञावाली आएपछि उनले आफ्नै तरिकाबाट घुमुवा परिचालन गर्ने भएकाले सो अवधि सम्मका लागि आफुले हबल्दारद्धय लबहर र लालुलाई घुमुवा राखेको समेत बताए ।

सम्बन्धित समाचार