सर्लाहीको पर्सा गाउँपालिका ६ मा रहेको सरोज भण्डारी फूल नर्सरी कट फ्लार्वस होलसेल सप्लायर्सले राजश्व छली गरेको पाइएको छ ।पर्सा घर भएका सन्तोष भण्डारीले आफ्ना भाई सरोज भण्डारीको नाममा दर्ता गरेको सरोज भण्डारी फूल नर्सरी कट फ्लार्वस होलसेल सप्लायर्सले राजश्व छली गरेको पाइएको हो ।
६१५८४२९८९ नम्बर भएको प्यान विल काट्दा कार्पन नराखी अर्थात ओसी नराखी विल काटेर हचुवाको भरमा अन्दाजी वार्षिक करोवार देखाई आर्थिक वर्ष २०७९÷०८० को करचुक्ता लिएको पाइएपछि सो फर्मले सरकारी राजश्वमा हानी नोक्सानी पुर्याएको प्रमाणित भएको हो । सो फर्मका सञ्चालक भण्डारीले सर्लाही र महोत्तरीका विभिन्न नाका प्रयोग गरि आफ्ना भारतीय फुल नेपाल भित्र्याउने र सोही विल काटेर काठमाण्डौँ सम्म पनि फुल पठाउने गरेका पाइएको छ । सरोज भण्डारी फूल नर्सरी कट फ्लार्वस होलसेल सप्लायर्स पर्सा गाउँपालिका ६ को नाममा रहेको ६१५८४२९८९ प्यान नम्बर भई काटिएका केही विलका ठेलीहरु हामीलाई प्राप्त भएपछि सो फर्मको सो विल ठेलीहरु र करचुक्ता अध्यायन गर्ने क्रममा राजश्वमा हानी नोक्सानी पुर्याएको पाइएको हो । विलका ठेलीहरुको र कारोवारको एकिन नगरी करचुक्ता दिनुले राजश्व छलीमा करदाता सेवा कार्यालय मलंगवाको समेत मिलेमतो रहेको आशंका गरिएको छ ।
सो फर्मले आर्थिक वर्ष आर्थिक वर्ष २०७९/०८० मा रु ३० लाख करोबार गरेको भन्दै रु दुई हजार पाँच सय कर दाखिला गरेर करचुक्ता लिएको छ।करचुक्ता प्रमाण पत्र नम्बर ८०३८६७२४४ रहेको करचुक्ता प्रमाण पत्र २०८० पुस १८ गते सो फर्मले पाएको हो । हामीलाई प्राप्त सो फर्मको आर्थिक वर्ष २०७८/०७९ को करचुक्ता प्रमाण पत्रमा पनि वार्षिक करोवार रु ३० लाख नैराखिएको र रु छ सय २५ कर दाखिला गरेको करचुक्ता प्रमाण पत्र नम्बर ८०३८६७२४३ रहेको करचुक्ता प्रमाण पत्र पनि प्राप्त भएको छ । दुर्व वर्ष सो फर्मले वार्षिक रु ३०÷३० लाख करोवार गरेको देखाएको भएपनि दाखिला गरेको रकममा करिब दुई हजार फरक देखिएको छ ।२०८० पुस १७ गते कर चुक्ता गरेको भन्दै २०८० पुस १८ गते दुवै आर्थिक वर्षको करचुक्ता प्रमाण पत्र प्रदान गरिएको पाइएको छ। हामीलाई प्राप्त सो फर्मको प्यान विल ठेलीमा कुनै पनि ठेलीमा क्रमागतका साथै चालु आर्थिक वर्षको मात्रै नभई विगत २ ३ आर्थिक वर्षको समेत एउटै ठेलीमा विल काटेको र कार्पन वा ओसी नराखी विल काटेको पाइएको हो ।
सो सम्बन्धमा बुझ्न सो फर्मका सञ्चालक सन्तोष भण्डारीलाई फोन गर्दा सम्पर्क हुन सकेन् ।उनी विगत लामो समयदेखि भन्सार छली भारतिय फुल तथा नर्सरी नेपाली बजार ल्याउँदै आएका व्यापारी हुन ।