सर्लाही प्रहरीको मेसमा समेत भन्सार छलीको दाल,चामल,

1.2k Shares

सर्लाहीमा रहेका प्राय सबै प्रहरी युनिटहरुक कोटमास्टरहरुले भन्सार छलीको चामल,दालका साथै भान्साका लागि आवश्यक पर्ने सामानहरु ल्याउने गरेका पाइएको छ । जिल्लाका नेपाल भारत सिमा क्षेत्र स्थित रहेका प्रहरी युनिटहरुले भन्सार छलीको चामल,दालका साथै भान्साका लागि आवश्यक पर्ने सामाग्रीहरु ल्याउंछन् भन्दा खासै फरक नपरेपनि पुर्व पश्चीम लोकमार्गमा रहेका ईलाका प्रहरी कार्यालयहरुले समेत भन्सार छलीको चामल,दालका साथै भान्साका लागि आवश्यक पर्ने सामानहरु ल्याउने गरेका पाइएको छ ।

57110481-160a-40dd-b1c2-6b3e8c1e8322.jpg
केही दिन पहिला ईलाका प्रहरी कार्यालय लालबन्दीको ना१ झ १२९८ नम्बरको नेपाल प्रहरीको सरकारी सवारी साधनले भन्सार छलीको चालम,आँटाका साथै कपडा धुने सरफ समेत ल्याएको पाइएपछि जिल्लाका प्रहरी युनिटहरुले भन्सार छलीको चालम,दालका साथै भान्साका लागि आवश्यक पर्ने सामानहरु भारतिय बजारबाट ल्याउने गरेका प्रष्ट भएको छ । राज्य र नागरिकको सुरक्षाको कसम खाएर जागिर खाएका प्रहरी कर्माचारीहरुबाटै भन्सार छली हुन्ट भने सामान्य नागरिकबाट के होला भन्ने कसैसंग आंकलन छैन् ।नेपाल सरकारको तलब खाएर भन्सार छलेर नेपाली पैसा भारतिय व्यापारीलाई दिनुले त्यस्ता सुरक्षाकर्मीहरुबाटै राज्यको सुरक्षा हुने की नहुने भन्ने विषयमा गंभिर छलफल आवश्यक रहेको जानकारहरु बताउँछन् ।
खुल्ला सिमनाका साथै सिमाक्षेत्रका नेपाली र भारतिय नागरिकहरुको विचमा रोटीवेटीको सम्बन्ध रहेको र खुल्ला सिमाना रहेको साथै सिमा क्षेत्रमा बजार नरहेका कारण भारतिय बजारमा गएर दैनिक आवश्यक पर्ने घरायसी प्रयोजनार्थ केही सामान ल्याँदा नियन्त्रणमा लिएर आफुलाई बहादुर देखाउने सुरक्षाकर्मीहरुले ल्याएको सामान कसले नियन्त्रणमा लिन्छ भन्ने प्रश्न पनि चारैतिर फेलिन थालेको छ ।

सम्बन्धित समाचार