सर्लाहीको ब्रम्हपुरी गाउँपालिका ५ बाट तस्करी गरि नेपाल ल्याउँदै गरेका प्रतिवन्धित भारतिय ब्रोईलर कुखुरा सशस्त्र प्रहरीले बरामद् गरी नष्ट गरेको छ।ब्रम्हपुरी गाउँपालिका ५ स्थित सखुअवा क्षेत्रबाट प्रतिवन्धित भारतीय कुखुरा नेपाल आउँदै गरेको विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मलंगवाका गुल्मपति एवम सशस्त्र प्रहरी नायव उपरिक्षक लक्ष्मण बरालको टोलीले ६५ वटा ब्रोईलर कुखुरा बरामद् गरि नष्ट गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीले जनाएको छ ।
सशस्त्र प्रहरीले प्रतिवन्धित भारतीय ब्रोइलर कुखुरा ओसार्न प्रयोग गरिएको बीआर ०५ ए एन ४३७८ नम्वरको भारतीय मोटरसाइकल समेत बरामद् गरेको छ भने मोटरसाईकलका चालक भने सशस्त्र प्रहरीलाई देख्नासाथ फरार भएका सशस्त्र प्रहरीले जनाएको छ ।बरामद् गरिएका ६५ वटा ब्रोइरल कुखुरा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मलंगवाका ल्याएर सरोकारवाला निकायको रोहबरमा खाल्डो खनेर नष्ट गरिएको हो ।