कमिसनको विषयमा नगर प्रमुख उप प्रमुख विच विवाद,कार्यपालिका अन्यौलमा

1.2k Shares

सर्लाहीको लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारी र नगर उपप्रमुख कल्पना माया पाख्रिनबीच कमिसन भाग बण्डाको विषयमा विवाद देखिएको छ।लालबन्दी नगरपालिकाका इन्जिनियर रोशन पण्डीत र लालबन्दी नगरपालिका १ स्थित नवलपुरमा कोल्ड स्टोर व्यावसाय गर्ने किरण घिमिरेले बाहिरबाट कमिसन असुलेर नगर प्रमुख अधिकारीका स्वकीय सचिव भानुभक्त बराललाई बुझाउने र स्वकीय सचिव बरालले नगर प्रमुख अधिकारी सम्म पुर्याउने गरेका रहस्य बाहिरिएपछि सृजना भएको विवादले केही समय नगरकार्यपालिका समेत बस्न नसकेको नगरपालिका स्रोतको भनाई छ ।
नगरपालिका स्रोतका अनुसार नगरपालिकाले नगर अस्पतालका लागि केही स्वास्थ्यकर्मीको आवेदन खुलाएको र नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख मुमताज मिक्रानी सहित तत्कालीन पदपुर्ति समितिले चर्काे कमिसन असुलेर आफु अनुकुलका मानिसलाई छनोट गरेपछि क्रमैसंग बाहिरिएको रहस्य नगर प्रमुख अधिकारी र उप प्रमुख पाख्रिनको विचमा कमिसनको विषयमा पुगि विवादमा परिणत हुन पुगेको हो ।
नगरपालिकाले स्वास्थ्यकर्मीको आवेदन आव्हान गर्दा एनेथेसियामा अनिल कापर र पर्शुराम घिमिरेको आवेदन परेकोमा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख मिक्रानीको जोड बल र करिब रु दुई लाख ५० हजार कमिसनमा कापर छनोट भएपछि सो विषय नगर उप प्रमुख पाख्रिनलाई थाहा भएपछि पदपुर्ति समितिलाई उनले सोधपुछ गरेकी थिईन् ।त्यसपछि पदपुर्ति समितिले नगर उप प्रमुख पाख्रिनलाई आफुहरुको काममा हस्तक्षेप गरेको भन्दै ज्ञापन पत्र बुझाएपछि सुरु भएको विवाद आफुलाई सादकी नेता देखाउने नगर प्रमुख अधिकारीको कमिसन काण्डमा जोडिएको थियो त्यसपछि उप प्रमुख पाख्रिन समस्या समाधान नहुँदा समम नगरपालिका नआउने भन्दै काठमाण्डौँ हिडेपछि कार्यपालिकाको बैठक समेत प्रभावित भएको थियो ।
एउटै पार्टी नेपाली कांग्रेसबाट निर्वाचित भएका नगर प्रमुख अधिकारी र उप प्रमुख पाख्रिनविचको विवादले पार्टीमा पनि गुटउपगुटको संज्ञा दियो ।पछि नगर प्रमुख प्रमुख अधिकारीले माफि मागेपछि सम्बन्धमा केही सुधार आएको भएपनि पहिलाको जस्तै सम्बन्ध बन्न नसकेको समेत पाइएको छ । भने इन्जिनियर पण्डीत र व्यावसायी घिमिरेको असुली रोकिएको छैन् ।

सम्बन्धित समाचार