नापी कार्यालय सर्लाहीका ११ जना कर्माचारी दुर्घटनामा परी घाईते

1.8k Shares

सर्लाहीको मलंगवा नवलपुर सडक खण्डमा अन्तर्गत मलंगवा नगरपालिका ११ गम्हरियामा भएको सवारी दुर्घटनामा  ११ जना गंभिर घाईते भएका छन् ।सोमबार साँझ करिब आठ बजे मलंगवाबाट नवलपुर तर्फ आउँदै गरेको भारतिय विआर ०६ पिडी ९६४८ नम्बरको स्कारपियो मलंगवा नगरपालिका ११ स्थित गम्हरियामा ज २ त १०६७ नंम्बरको उखु बोकेको ट्याक्टरसंग एक आपसमा ठोकिँदा नापी कार्यालय मलंगवाका प्रमुख संजय मानन्धर सहित  ११ जना घाईते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपेन्द्र पञ्जिार थारुले जानकारी दिए ।
उनका अनुसार घाईते हुनेहरुमा  सर्लाहीको कौडेना गाउँपालिका २ का अन्दाजी २४ वर्षका संजित मण्डल, मलंगवा नगरपालिका ३ का अन्दाजी ३५ वर्षका रामलाल साह,महोत्तरी एकडारा गाउँपालिका २ का अन्दाजी  ३० वर्षका रिटेन यादव,सर्लाहीको मलंगवा नगरपालिका ३ का अन्दाजी ५० वर्षका बैधनाथ पटेल,मलंगवा नगरपालिका ७ का अन्दाजी ३४ वर्षका राम बावु राय,धनुषाको सहिदनगर नगरपालिका ७ का अन्दाजी २९ वर्षका दिपेन्द्र यादव,बाराको कलैया उपमहानगरपालिका २० का अन्दाजी २४ वर्षका सहिद अनवर,सर्लाही बागमती नगरपालिका ५ का बिनोद घिमिरे,महोत्तरीका बैजु यादव,काभ्रेको बनेपा उपमहानगरपालिका घरभई नापी कार्यालय मलंगवाका प्रमुख अन्दाजी ४५ वर्षका संजय मान्धर र महोत्तरीका अजय यादव घाईते भएका छन् ।
जसमध्य मलंगवा नगरपालिका ३ का अन्दाजी ३५ वर्षका रामलाल साह,बागमती नगरपालिका ५ का बिनोद घिमिरे,महोत्तरीका अन्दाजी ३० वर्षका बैजु यादव र काभ्रेको बनेपा उपमहानगरपालिका घरभई नापी कार्यालय मलंगवाका प्रमुख अन्दाजी ४५ वर्षका संजय मान्धर गंभिर घाईते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक थारुले जानकारी दिए । उनीहरुलाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारको लागि वीरगन्ज पठाइएको प्रहरीले जनाएको छ ।
घाईते मध्य चार जना मध्यम र तीन जना सामान्य रहेका छन् । उनीहरु सबै जना नापी कार्यालय मलंगवामा कार्यरत रहेका र जन्ती हिडेका बुझिएको प्रहरीले जनाएको छ । दुर्घटनामा संग्लग्न ट्याक्टरका चालक फरार रहेका छन् भने दुर्घटनामा संग्लग्न दुवै सवारी साधन सर्लाही प्रहरीको नियन्त्रणमा रहेका छन् ।

सम्बन्धित समाचार