बागमती १२ मा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु,अर्का एकजना घाईते

2k Shares

सर्लाहीको बगमती नगरपालिका १२ मा मोटरसाईकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।शनिवार साँझ बागमती नगरपालिका १२ स्थित बागमती बरहथवा सडक खण्डमा मधेश प्रदेश ०३–२५ प ५९२७ नम्बरको मोटरसाईकल अनियन्त्रीत भई दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुका साथै एकजना घाईते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार मोटरसाईकल दुर्घटना हुँदा मोटरसाईकलमा पछाडि सवार बरहथवा नगरपालिका ७ की अन्दाजी १९ बर्षिया अस्मिता रायको ज्यान गएको हो ।दुर्घटनामा परेर गम्भिर घाईते भएकी रायको स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारका लागि चन्द्रपुर अस्पताल रौतहट पठाइएकोमा त्यहाँ चिकित्सकहरुले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाईकल चालक बरहथवा नगरपालिका ७ का अन्दाजी २६ बर्षिय मुन्ना यादव सामान्य घाईते भएका छन् ।स्थानीय स्वास्थ्य संस्थामा समान्य उपचार पछि यादव र दुर्घटनामा संग्लग्न मोटरसाईकल नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख एवम प्रहरी निरिक्षक अनिलराज गिरीले जानकारी दिए ।प्रहरीले उक्त मोटरसाईकल धनी शिद्धान्त कुमार शर्मालाई समेत नियन्त्रणमा लिएको जनाएको छ ।

सम्बन्धित समाचार