जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर,सर्लाहीमा कार्यरत एक ट्राफिक प्रहरी जवान माथि कार्यालय मै छुरा प्रहार भएको छ । महोत्तरीको गौशाला नगरपालिका ३ घर भई जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर,सर्लाहीमा कार्यरत ट्राफिक प्रहरी जवान प्रमोद महतोमाथी कार्यालयको कुर्सीमा बसिरहेको अवस्थामा छुरा प्रहार भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर,सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी निरिक्षक मदन थापाले दिए ।
उनका अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर,सर्लाही बाहिर पुर्व पश्चिम लोकमार्गमा चेकजाँच गरि जरिवाना रिसद काटेर भुक्तानी गर्न जानु भनी कार्यालय छिरेर बसेका जवान महतो माथि कुर्सी मै छा प्रहार भएको हो ।जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर,सर्लाही अगाडि पुर्व पश्चिम लोकमार्गमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ना १९ प २५५५ नम्बरको मोटरसाईकलमा आएका रौतहट राजपुर १ घर भएका यमामुद्दिन देमानले प्रहरी जवान महतोलाई छुरा प्रहार गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रहरी प्रवक्ता एवम प्रहरी निरिक्षक ओम प्रकाश यादवले जानकारी दिए । उनका अनुसार प्रहरी जवान महतमेलाई छुरा प्रहार गरि भाग्न खोजेका देमानलाई तत्काल पक्राउ गरि ईलाका प्रहरी कार्यालय लालबन्दीको हिरासतमा राखिएको छ ।
छुरा प्रहारबाट प्रहरी जवान महतोको निधार,घाँटी,हात र पेटमा चोट लागेको प्रहरीले जनाएको छ ।घाईते महतमेलाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार पश्चात थप उपचारका लागी नेशनल मेडिकल कलेज वीरगन्ज पठाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।छुरा प्रहार गर्ने देमानलाई प्रहरीको नियन्त्रणमा राखेर घट्नाका सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।