हरिवन ५ मा वन अतिक्रमण गरी निर्माण भएका ५ वटा घर टहरा वनको टोलीले हटाएको

1.8k Shares

सर्लाहीको हरिवन नगरपालिका ५ स्थित घुर्काैलीमा वन अतिक्रमण गरी निर्माण गरेका घर टहरा वनको टोलीले हटाएको छ ।सागरनाथ वन विकास परियोजना क्षेत्र स्थित पर्ने हरिवन नगरपालिका ५ स्थित घुर्काैलीमा वन अतिक्रमण गरी निर्माण गरेका पाँच वटा घर टहरा डिभिजन वन कार्यालय सर्लाही,सव डिभिजन वन कार्यालय जानकीनगर,सागरनथ वन विकास परियोजनाको धरहरा क्षेत्र र ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको टोलीले अतिक्रमण हटाएको डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख एवम डिभिजन वन अधिकृत मन्जुर अहमद्ले जानकारी दिए ।
उनका अनुसार हरिवन नगरपालिका ५ स्थित घुर्काैलीमा वन अतिक्रमण गरी निर्माण गरेका पाँच वटा घर टहरा हटाइएको हो।डिभिजन वन कार्यालय सर्लाही र मातहतका कार्यालयहरुले पटक पटक वन क्षेत्र अतिक्रमण गरि निर्माण गरेका संरचनाहरु हटाउने काम गरि रहेको छ ।डिभिजन वन कार्यालय सर्लाहीमा प्रमुख भएर डिभिजन वन अधिकृत अहमद् आएदेखि सर्लाहीको वन अतिक्रमण,चोरी तस्करी नियन्त्रण गर्नुका साथै लामो समयदेखि निस्क्रिय रहेका सामुदायिक वन समुहहरुलाई व्युताउने काम भई रहेको डिभिजन वन कार्यालय सर्लाहीका सुचना अधिकारी राकेश रन्जन दासले जानकारी दिए ।

सम्बन्धित समाचार