पार्टी कार्यालय निर्माण गर्न संकलन भएको रकम प्रतिनिधि सभा सदस्य दाहालद्धारा अनियमितता

3.2k Shares

नेकपा(माओवादी केन्द्र)प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल(राजन)ले पार्टी कार्यालय बनाउँन भन्दै संकलन गरेको सहयोग रकमको खर्च विवरण सार्वजनिक गर्नुको सट्टा सामाजिक सञ्जालहरुमा विभिन्न किसिमका अभिव्यक्तिहरु दिन थालेका छन् ।माओवादी केन्द्र सिन्धुलीको पार्टी कार्यालय निर्माण गर्न भन्दै स्थानीय व्यापारी,व्यावसायीहरुका साथै पार्टीलाई माया गर्ने शुभेच्छुक एवम शुभचिन्तकहरु गरी करिब एक हजार जनाबाट प्रतिव्यक्ति रु १० हजारदेखि पाँच लाख सम्म रकम संकलन भएको भएपनि कार्यालय निर्माण गर्न कति रकम खर्च भयो ? सो रकम मौज्दात रहयो की पुगेन ?पुगेन साथै आफुहरुले सहयोग गरेको रकमको हिसाब किताब सार्वजनिक नभएको भन्दै गुनासो गरेका सहयोगी दाताहरुलाई हिसाब सार्वजनिक गरि प्रष्ट पार्नुको सट्टा उनले विभिन्न किसिमका स्टाटसहरु राखेका सहयोगी दाताहरुले गुनासो गरेका छन् ।
उनले “आफ्नो सुन्दर घर जलाएर खरानीको व्यापार गर्नेहरूसँग सदैव सावधान रहनै पर्छ।”जस्ता स्टाटसहरु आफ्नो सामाजिक सञ्जालमा राखेका छन् ।आफुहरुले सहयोग गरेको रकमको हिसाब किताब सार्वजनिक गर्न माग राख्दा रकम फिर्ता दिने धम्की दिएका प्रतिनिधि सभा सदस्य दाहालले  कति रकम संकलन भएको थियो ? कति रकम खर्च भयो ? भन्ने कुनै विवरण सार्वजनिक गरेका छैनन् ।बरु संकलन भएको रकम हिसाब तथा खर्च भएको रकम सार्वजनिक नगरी प्रतिनिधि सभा सदस्य दाहालले आफ्ना आसेपासे तथा चम्चेहरुको नाममा खाता खोलेर विपद् राहत कोषको नाममा दर्ता नै नभएको संस्थाबाट राहत भन्दै वितरण गरेका समेत पाइएको माओवादी केन्द्र सिन्धुलीका एक नेताले जानकारी दिए ।
उनका अनुसार प्रतिनिधि सभा सदस्य दाहालले माओवादी केन्द्र सिन्धुलीको नाममा रहेको रु पाँच करोड ऋण भुक्तानी गरेको भन्दै विभिन्न स्थानका सार्वजनिक कार्यक्रमहरुमा बताउँदै आएका भएपनि सो रकमको स्रोत उल्लेख गरेका छैनन् भने विपद् राहत कोषको नाममा उपचार खर्च भन्दै पार्टी कार्यालय निर्माण गर्न सहयोगी दाताहरुले सहयोग गरेकोे रकम आफ्ना स्वकीय सचिव गणेश रत्न र स्थानीय माओवादी केन्द्रका नेता  एवम निर्माण व्यावसायी उद्धव दाहालको नाममा खाता खोलेर सो मार्फत वितरण गरि रहेका छन् ।
पार्टी कार्यालय निर्माण गर्न स्थानीय व्यापारी व्यावसायीहरुहरुले ढुंगा,गिट्टी,बालुवा तथा रड र सिमेन्ट सहयोग गरेका र कामदारको मात्रै रकम भुक्तानी गर्नु परेको भएपनि करिब एक हजार जनाबाट संकलन भएको रकम के ? कति ? थियो भन्ने विषयमा कार्यालय स्थापना भएपछि सार्वजनिक गर्ने बताएका प्रतिनिधि सभा सदस्य दाहालले कार्यालय स्थापना भएर उद्घाटन भएको करिब २ वर्ष भई सक्दा पनि सार्वजनिक गर्नुको सट्टा सहयोग रकम सार्वजनिक गर्न माग गर्ने सहयोगी दाताहरुलाई सहयोग गरेको रकम फिर्ता गर्ने धम्की दिन थालेका समेत माओवादी केन्द्र सिन्धुलीका अर्का नेताले बताए ।
प्रतिनिधि सभा सदस्य दाहालले कुनै निकायमा दर्ता नै नभएको विपद् राहत कोष नामक संस्थाको नाममा व्यक्तिको नाममा खाता खोलेर पार्टी कार्यालय निर्माण गर्न जुटेको सहयोग रकम बाँडेर सस्तो लोकप्रियता देखाउन थालेका उनले बताए ।आफु सबै तिरबाट सकिदै गएपछि छटपटीमा परेका प्रतिनिधि सभा सदस्य दाहालले आफ्नो विरुद्ध बोल्ने नेता तथा कार्यकर्तालाई ठेगान लगाउने समेत समय समयमा चेतावनी दिने गरेका छन् ।
जनयुद्धको समयमा पार्टीमा भुमिका नै नभएका प्रतिनिधि सभा सदस्य दाहालले माओवादी केन्द्रका पुराना नेता तथा कार्यकर्ताहरुलाई पाखा लगाउँदै नयाँ नयाँ र आफ्नो ज्यू,हजुरी गर्ने नेता तथा कार्यकर्ताहरुलाई काखी च्यापेका समेत अर्का नेताले बताए ।दर्ता नै नभएको र कार्य विधि समेत नबनेको संस्थाबाट आफ्ना केही कार्यकर्ताहरुको नाममा खाता खोलेर प्रतिनिधि सभा सदस्य दाहालले पार्टी कार्यालय निर्माण गर्नका लागि संकलन भएको रकम दुरुपयोग गरेको समेत माओवादी केन्द्र सिन्धुलीका नेता तथा कार्यकर्ताहरुको भनाई छ ।
पार्टी कार्यलय भवन निर्माण सम्पन्न गर्न करिब रु दुई करोड १० लाख खर्च अनुमान गरिएको भएपनि सहयोगी दाताहरुबाट कति रकम संकलन भयो ? कती रकम अपुग भयो ? वा कति रकम खर्च भयो ? वा बचत रह्यो भन्ने सहयोगी दाताहरुलाई नै जानकारी दिन नखोज्नुले आफुलाई सुशासनको चर्को कुरा गर्ने प्रतिनिधि सभा सदस्य दाहालको नियतमाथी शंका गर्नु पर्ने माओवादी केन्द्र सिन्धुलीका नेता कार्यकर्ताहरुले बताएका छन् । भने सो विषयमा आफुहरुलाई कुनै जानकारी नभएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ । जिल्लामा राहत वितरण गर्न जिल्ला प्रशासन कार्यालयसंग समन्वय गर्नु पर्ने साथै दर्ता नै नभएको संस्थाले राहत वितरणको नाममा रकम वितरण गरेको भन्ने आफुहरुलाइृ जानकारी नभएको र आफुहरु त्यस विषयमा बुझ्ने जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।

सम्बन्धित समाचार