तपस्वीको भेषका बम्जनलाई प्रहरीले सर्लाही ल्यायो,के छ उनको वास्तविकता

2.1k Shares

काठमाण्डौँको बुढानिलकण्ठको हात्तीगौँडाबाट मंगलबार पक्राउ परेका तपस्वीको भेषका राम बहादुर बम्जनलाई केन्द्रीय अनुसन्धान ब्युरो(सिआईबी)ले सर्लाही प्रहरीलाई बुझाएको छ ।सर्लाही, रौतहट,मकवानपुर,बारा,सिन्धुली,सिन्धुपाल्चोक र नुवाकोट लगायतका विभिन्न ठाउँमा आश्रम खोल्दै बस्दै आएका बम्जनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारी नेतृत्वको प्रहरी टोलीले मंगलबार बुढानिलकण्ठको हात्तीगौँडा स्थित आफ्नै घरबाट पक्राउ गरेको थियो ।
बम्जन बुढानिलकण्ठको हात्तीगौँडा स्थित आफ्नो घरमा आएको मौका छोपि पुगेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रहरी नायव उपरिक्षक भण्डारी नेतृत्वको प्रहरी टोलीलाई देखेपछि भाग्न खोजेका बम्जन पक्राउ परेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)प्रमुख एवम एआइजी किरण बज्राचार्यले जानकारी दिईन् ।
प्रहरी आएको थाहा पाएर भाग्न खोजेका बम्जनमाथि यौन शोषण,बलात्कार र आनीहरूलाई बेपत्ता बनाएको आरोप लागेको थियो ।उनी विरुद्ध विभिन्न पाँच परिवारले उजुरी दिएका प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार आफ्नो आश्रममा बस्दै आएका तीन युवती र दुई युवालाई बेपत्ता पारेको बम्जन विरुद्ध परेको उजुरीमा उल्लेख छ ।ती मध्ये एक जनालाई  बम्जनले सिन्धुपाल्चोकस्थित आश्रममा हत्या गरी शवसम्म बेपत्ता पारेको थिए।उनीविरूद्ध रौतहटकी १८ वर्षिय गंगामाया तामाङले बलात्कारको जाहेरी दिएकी थिइन्। सर्लाही जिल्ला अदालतमा उक्त मुद्दा विचाराधीन रहेको छ। बम्जनले आफ्ना विभिन्न ठाउँमा रहेका आश्रममा हत्या,हिंसाको दुष्चक्र चलाएको विवरणहरू विभिन्न सञ्चार माध्यामहरुले समाचार प्रकाशन गरेका थिए ।त्यसपछि उनीमाथि आश्रममा बस्ने युवती र युवकहरू बेपत्ता पारेको भन्दै पीडित परिवारले धमाधम उजुरी दिन थालेका थिए ।
तामाङले भदौ ३० गते शनिबार ललितपुरमा गरेको पत्रकार सम्मेलनमा“लिटिल बुद्ध” भनेर संसारभर चिनिएका बम्जनले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन्। चार वर्ष बम्जनको आश्रममा बस्दा देखेका र भोगेका दुव्र्यवहारहरु उनले पत्रकार सम्मेलनमा बताएकी थिईन् ।तामाङ बोलिरहँदा त्यहाँ उपस्थित बम्जन पक्षधरले उनको भनाइको प्रतिवाद समेत गरेका थिए ।आफ्ना “गुरु बम्जन”का बारेमा तामाङले झुटो बोलेको पूर्व स्वास्थ्य राज्यमन्त्री समेत रहेका बम्जन निकट रहेर काम गरिरहेका मणि लामाले बताए ।त्यसपछि तामाङले काठमाडौंको टेकुस्थित महानगरीय अपराध महाशाखा उजुरी दिन जाँदा महाशाखा तत्कालीन प्रमुख धीरजप्रताप सिंहले तामाङलाई बालबालिका संरक्षण गर्ने एउटा संस्थाको जिम्मा लगाइ दिएका थिए।
त्यसपछि लगातार बम्जनमाथि लागेका आरोपको सत्यता,बम्जनको चरित्र र उनका आश्रममा हुने क्रियाकलापबारे अन्य सञ्चार माध्यामहरुले पनि खोजी गर्न थाले। सर्लाही, रौतहट,मकवानपुर,बारा,सिन्धुली,सिन्धुपाल्चोक र नुवाकोट पुगेर विभिन्न सञ्चार माध्यमहरुले बम्जनमाथि लागेका आरोपको सत्यता,बम्जनको चरित्र र उनका आश्रममा हुने क्रियाकलापबारे अनुसन्धान र खोजविन गरेपछि बम्जनको आश्रमबाट भागेका तीन जना आनी र उनीहरूका परिवारका सदस्यसंग पनि बुझ्ने काम भयो ।
बम्जन आश्रममा लामो समय यौन शोषणमा परेर बाहिर निस्केकी एक आनीको मानसिक अवस्था धेरै खराब छ। बम्जनको दुव्र्यवहार र हिंसाका प्रत्यक्षदर्शी,कुनै समय उनकै चेला र अनुयायी भएर काम गरेका अरु चार जनासंग पनि बुझ्ने काम भयो ।त्यस्तै, विभिन्न समय बम्जनको आश्रममा गएका र अहिले हराइरहेका तीन जना आनीका करिब एक दर्जन परिवारसंग भेट भयो ।जसबाट बम्जनको आश्रममा हुने गरेको कहालीलाग्दो पीडा उदाङ्गो हुन थाल्यो । 
“उनी कुनै तपस्वी हैनन्।उनको आश्रममा ध्यान र तपस्या हुन्न।बाहिरबाट जाने मानिसलाई देखाउन मात्र उनी त्यसको नाटक गर्छन्।उनमा कुनै आध्यात्मिक ज्ञान वा चेत छैन।न त उनलाई त्यसमा कुनै चासो छ। उनी एक सामान्य युवा हुन् र,असामान्य यौन पिपाशु।”भन्ने तथ्य तामाङले दिएको उजुरीबाट पनि पुष्टि भएको छ ।उनले आश्रममा रहेका कयौं आनीको यौन शोषण गरेका छन्। आफूविरुद्ध उठ्ने आवाज दबाउन उनले हिंसाको व्यापक प्रयोग गरेका समेत पीडित परिवारको भनाई छ ।उनको आश्रममा बसेका कम्तिमा तीन जना आनी बेपत्ता छन्।परिवार र आनीहरूमाथि आश्रममा गरिएको दुव्र्यवहार देख्नेहरूको बयानका आधारमा उनीहरू रहस्यमयी बेपत्ता भएका हुन ।
बम्जनको निर्देशनमा एक जना अनुयायीलाई आश्रमभित्रै कुटेर हत्या गरिएको र चार वर्षअघि बम्जनको आश्रममा गएका बुबाको अझै अत्तोपत्तो नभएको पीडित परिवारले जनाएका छन् ।त्यसैगरी,करिब दुई वर्षअघि १४ जना नाबालिका केटीहरू सांसारिक जीवन त्यागेर आनी बन्न बम्जनको आश्रम पुगेका थिए।उनीहरू १२ देखि १८ वर्ष उमेर समुहका थिए। उनीहरू बम्जनलाई भगवान मानेर त्यहाँ पुगेका थिए।आश्रममा पुगेपछि उनीहरूले थाहा पाए–बम्जन भगवान हैनन्।
उनी मानसिक हिसाबले स्वस्थ मानिस पनि हैनन् भन्ने उनीहरूले विस्तारै बुझे।यौन र हिंसाको आवेगले व्याकुल बम्जन आफूहरूलाई यौन शिकार बनाउन चाहन्छन् भन्ने बुझ्दै गए।उनीहरूले बम्जनका हर्कत सुरुमा पत्याएका थिएनन्।पुराना आनीले सचेत गराउन खोज्दा पनि बुझेका थिएनन्। जब बम्जनकी श्रीमती दिपशिखा डुमजन स्वयंले बाध्य भएर एक साँझ सबै आनीका अगाडि उनको कर्तुतबारे बताइन्,उनीहरूको आकाश खस्यो।“भगवानको घर”ठानेको आश्रम नरक रहेछ भन्ने उनीहरूले थाहा पाए।त्यसको केही दिनमै जीवनसँग खतरा मोलेर पटक पटक गरी १० जना आनीहरु त्यहाँबाट भागेका थिए ।आश्रमबाट भागेका यी १० जनामध्ये तीन जनालाई बम्जनले थर्काउँदै,फकाउँदै फिर्ता लगेका पीडित परिवारको भनाई छ ।
बम्जनको आश्रमका पुगेका आनीहरुमा कोही परिवारीक समस्याका कारण त कोही रहरका साथै कोही लामा बन्ने सपना बोकेर बम्जनको आश्रममा पुगेको पाइएको छ । बम्जनले आश्रममा पुगेका आनीहरुलाई सुरु सुरुमा जिस्क्याउने र झुक्याएर अंगालो हाल्ने थाले तर आश्रममा बसेका आनीहरुलाई आफ्ना गुरुले परिक्षा लिएका हुन भन्ने लाग्यो ।तर“एक दिन बम्जनकी श्रीमती दिपशिखा आश्रमबाट काठमाडौं गएकी समयमा बम्जनले आफुलाई भान्छा कोठाबाट बाहिर बोलाए।हात समातेर ताने,म कराउन खोजे,बम्जनले मुख थुनिदिए।तान्दै भित्र लगेर बलात्कार गरे।आफू म बलात्कृत भइसकेपछि मेरो ध्यान आफूभन्दा कलिला आनीहरूलाई जोगाउनमा केन्द्रित भयो।”तामाङले बताईन् ।
तामाङका अनुसार बम्जन यौन आकांक्षाले उन्मत्त थिए।उनको आश्रममा बसेका एक चेलाले “यौनशक्ति बढाउन गुरूले यार्चागुम्बा घोलेर खान्छ।मैले नै कतिपटक घोल बनाएर दिएको छु।”भने,अर्काले भने,“गुरूको मोबाइल फोन अश्लील भिडियोले भरिएको छ।मलाई फोन रिचार्ज गर्न दिँदा मैलै नै त्यस्तो भिडियो हेरेको छु।”आफुले समयमै नरोकेको भए कलिला आनीहरु बम्जनको यौन आकांक्षाको सिकार हुने थिए ।तामाङले बताइन् ।
को हुन बम्जनकी श्रीमती दिपशिखा ?
बम्जनकी श्रीमती दिपशिखाको भूमिका विवादास्पद र द्वैध चरित्रको छ। उनी दार्जिलिङकी छोरी हुन्। उनकी फुपू धेरैअघि बम्जनको दर्शन गर्न बाराको हलखोरिया आएकी थिइन्।धेरैपटक आउने जाने गर्दा उनी बम्जनसँग नजिक भइन् र आश्रममा बस्न थालिन्। उनैले दिपशिखालाई दार्जिलिङबाट ल्याएर बम्जनको सहयोगीका रूपमा स्थापित गरेकी हुन्।
त्यो बेला बम्जनको सम्बन्ध सर्लाहीको बागमती नगरपालिका १२ की रिता वोटसँग थियो। उनी आश्रममा रितासँगै बस्न थालेका थिए।केही समयमै वोट रहस्यमय ढंगले बेपत्ता भइन्। त्यसपछि दिपशिखा बम्जनकी आधिकारिक श्रीमती बनिन्।अहिले उनीहरूको एउटा छोरा छ। दिपशिखाले कयौंपटक आनीहरूलाई आफ्नो श्रीमानबाट बचाउन खोजेकी भएपनि कयौंपटक उनले आनीहरूलाई आफ्ना श्रीमानसँग सुतेको आरोप पनि लगाएकी छन्।आनीहरूमाथि शारीरिक हमला गरेकी छन्।उनीहरूको श्रम शोषण गरेकी छन्।आनीहरूलाई भात पकाउन, भाँडा माझ्न,लुगा धुन,शरीरमा तेल दल्न र मालिस गर्नदेखि आफू बिरामी परेका बेला हेरचाह गर्न समेत लगाएकी छन्।
आनीहरूका अनुसार दिपशिखाको आफ्ना श्रीमान बम्जनसंग पनि राम्रो सम्बन्ध छैन् ।“दुवैबीच दिनदिनै झै झगडा हुन्छ।”बम्जनको अपराधको फेहरिस्त सायद सबैभन्दा धेरै दिपशिखालाई नै थाहा छ।सायद कतिमा उनी आफैं अंशियार छिन्।युवा तपस्वीका रूपमा करिब १३ वर्षअघि बाराको निजगढ नगरपालिका रतनपुरी जंगलमा देखा परेका बम्जनको कथा आफैंमा कम तिलस्मी र कम विस्मयले भरिएको छैन।
को हुन “लिटिल बुद्ध” भनिने बम्जन
“उनी कसरी एक सनकी युवाबाट “लिटिल बुद्ध” बने? उनलाई कसले “लिटिल बुद्ध”बनायो? कसरी उनी तपस्वीबाट यौन पिपाशु बने?कसरी यति धेरैको यौन शोषण गरे,कयौंमाथि हिंसा मच्चाए र सम्भवतःकयौंको ज्यान लिए?र,यी सबै खबरबाट राज्य कसरी बेखबर रह्यो?यी सबै अपराध छोपेर उनलाई कसले हजारौं समर्थकबीच“मैत्रिय बुद्ध”का रूपमा प्रचार गरिरहेको छ? बम्जनसँग आज कति पैसा छ?कति चल–अचल सम्पत्ति छ?कसैलाई थाहा छैन।सर्लाही, सिन्धुली र सिन्धुपाल्चोकका तीन आश्रमको जग्गा जोड्दा उनीसँग सयौं बिघा जग्गा रहेको उनका अनुयायीहरूको अनुमान छ।उनीसँग स्वदेश र विदेशबाट आएको दानको यति धेरै पैसा छ,एउटा आश्रमबाट अर्कोमा जाँदा उनी अक्सर हेलिकप्टर प्रयोग गर्छन्।उनको निजी प्रयोगका लागि टोयटाको ल्यान्डक्रुजर गाडी छ।डेढ वर्षअघि ललितपुरको चुनीखेलमा पूजा लगाउँदा बम्जन गाडीको लावालस्कर लगाएर पुगेका थिए।त्यो पूजामा उनका स्वदेशी अनुयायीका साथै करिब तीन दर्जन विदेशी अनुयायी पनि आएका थिए।उनीसँग कति हातहतियार छन्,कसैलाई थाहा छैन।धेरै पहिले बम्जनको आश्रम छाडेका उनका चेलाहरू भन्छन् ।त्यही बेलै उनीसँग केही थान पेस्तोल र एउटा राइफल थिए।थुप्रै तरबार थिए।उनले काठमाडौंमा बनाउन लगाएर आश्रममा तरबार जम्मा गर्ने गरेका छन्।यसरी उनी नाबालिग आनीहरूका लागि मात्र हैन,राज्यका लागि पनि सुरक्षा चुनौती बन्दैछन्। ”
बम्जन आश्रमबाट पाँच जना बेपत्ता,एक अनुयायीको हत्या
बम्जनले सर्लाही, रौतहट,मकवानपुर,बारा,सिन्धुली,सिन्धुपाल्चोक र नुवाकोटमा सञ्चालन गरेका  आश्रमबाट करिब नौ वर्ष अघि चुन्मो र डोल्मो नामका आनीहरु बेपत्ता भए ।“आध्यात्मिक शक्ति प्रयोग गरेर बलि रोक्ने घोषणा गरेका बम्जनको घोषणले बाराको गढीमाई मन्दीरमा लाग्ने बलि रोकिने अवस्था पनि थिएन् ।गढीमाई मेला नजिकियो। सबैलाई कौतूहल थियो। केही चिन्तित पनि थिए।बम्जन गढीमाई मेला सुरु हुनु एक दिनअघि आश्रमबाट हराए।उनी त्यो बेला कहाँ गए अहिलेसम्म धेरैलाई थाहा छैन तर बलिप्रथामा विश्वास गर्नेहरू बलि जारी राख्न कटिबद्ध थिए।महिनौं खाना नखाई तपस्या बसेको भनेर बम्जनको चर्चा चलेको भएपनि उनी सामान्य मानिसले झैं दुई छाक खाना खान्थे।घरमा बस्दा सेतो धोती,ज्याकेट लगाउँथे। 
बमजनको आश्रमबाट भागेका तीन आनीहरु
सर्लाहीको लालबन्दी नगरपालिका १३ स्थित पत्थरकोटको बम्जन आश्रमबाट २०७४ जेठ र असारमा १० जना आनीहरू भागे।उनीहरू सांसारिक जीवन त्यागेर आश्रम पुगेका थिए। विवाह नगर्ने र जीवनभर आनी बन्ने उनीहरूको निधो थियो। बम्जनलाई गुरू,अझ कतिले त भगवानै मान्थे तर,दुई वर्ष नपुग्दै उनीहरू भागेर आ–आफ्नै घर फर्किए। ती १० जनामध्ये तीन जनालाई बम्जनले थर्काउँदै,फकाउँदै फिर्ता लगेका छन्।भागेकी मध्य १५ वर्षीया सरिता पाख्रिन १३ वर्ष उमेरमा बम्जनको आश्रममा गएकी थिइन्। उनी लालबन्दी नगरपालिका १३ स्थित पत्थरकोटको बम्जन आस्ममा एक वर्षभन्दा बढी र सिन्धुली आश्रममा करिब दुई महिना बसिन्।
उनी पत्थरकोट जाँदा त्यहाँ १७ जना आनी थिए।१४ जना भर्खर गएका थिए,तीन जना पुराना आनीहर रहेका थिए।पुरानामध्ये रोतहटकी तामाङ पनि थिइन्।आश्रममा सरिताजस्तै कलिला नानीहरू मैत्री धर्मको ज्ञान लिन र आनी बन्न पुगेका थिए तर,त्यहाँ धर्म र ज्ञानको कुरै हुन्नथ्यो।“आश्रमभित्र खेतबारी थियो। खन्ने,बाली÷तरकारी लगाउने काम हुथ्यों। घरको काम पनि गर्नुपथ्र्याे। भान्छाको काम सबै आनीहरूले नै गर्थे,चेलाहरुका लागि पनि खाना खकाउनु पथ्र्याे।”सरिताले सुनाईन् । 
“केही आनीले बम्जन र उनकी श्रीमती दिपशिखाको स्याहारसुसार गर्नुपथ्र्याे।धर्मबारे उनीहरूलाई कसैले पढाएन।त्यहाँ मैत्री धर्मसम्बन्धी एउटा किताब हुन्थ्यो।त्यो पनि आफैं पढ्ने हो। लामा भाषामा लेखिएकाले धेरै आनीले त्यो किताब पढ्न सक्थेनन्।बम्जनको बारेमा लेखिएको किताब पनि पढ्नुपथ्र्याे ।”आश्रमबाट भागेका आनीहरुको भनाई छ ।
“आफुहरूले “गुरू” सँग आफूहरूलाई ज्ञान दिने कक्षा व्यवस्था गर्न माग राखेको भएपनि  बम्जनले यस विषयमा कहिल्यै ध्यान दिएनन् ।उनले आफुहरूलाई कहिलै पढाएनन्।प्रवचन पनि दिएनन्।उनी तपस्यामा लीन भएको पनि हामीहरुले कहिल्यै देखेनौँ ।बरु आफुहरुलाई भाग्नका लागि ज्ञान चाहियो भन्दै हप्काए ।”भागेकी एक आनीले बताईन् ।
उनीहरुका अनुसार आफूमाथि प्रश्न गर्ने वा गल्ती गर्ने आनीहरूलाई बम्जन खुब पिट्थे।सरिताले एकपटकको घटना सम्झिइन्।दुई जना आनी मनमाया र पेम्बाले घर जान मन लागेको कुरा बम्जनलाई भन्दा“किन जाने?केही कारण नभई पठाउँदिनँ।”भने ।बम्जनले समय समयमा “घरबार त्यागेर आनी बन्न आएपछि बुबाआमाको जस्तो माया पाइँदैन। त्यस्तो खोज्नु पनि हुन्न”भन्दै धम्क्याउने गरेका भागेका आनीहरुको भनाई छ ।
“त्यो दिन बम्जनले एक आनीलाई धेरै जान्ने भइस् भने तेरो भाइ र बुबालाई पनि मारिदिन्छु भनेका”आनीहरुको भनाई छ ।“म त सांसारिक जीवनमा नफर्किने, धर्म कमाउने, आनी बन्ने भनेर त्यहाँ गएको थिएँ। गुरूलाई भगवान मान्थेँ। गुरूप्रति धेरै नै बफादार थिएँ।त्यसैले,आनीले गुरूको विरोध गर्दा मलाई ननिको लाग्थ्यो,”भागेकी अर्की आनीले बताईन् ।
“आश्रमको काम आनीहरुका लागि धर्मकै अंग थियो। भगवानमा समर्पित हुने माध्यम हो भनेर बिहान साढे ४ बजे उठ्ने नियमै थियो।आधा घन्टा हातमुख धुने,ब्रस गर्ने,५ देखि ६ बजेसम्मको समय पुस्तक पढ्ने,भान्छा आनीहरूले नै बनाउनु पथ्र्याे,दिउँसो आश्रमको काममा जुट्नु पथ्र्याै,काम त कति हो कति।जुन आश्रममा गए पनि कामै काम”आनीहरुको भनाई छ।तथापी पनि बम्जनप्रति बफादारीकै कारण आनीहरु धर्मकर्म र आश्रमका काममा दत्तचित्त थिए ।
“हामीले त्यहाँ कति काम गर्यौं,छाकमा ३०÷३५ जनालाई पकाउनु पथ्र्याे ।बारीमा तरकारी रोप्ने,धान रोप्ने,अरू खेती लगाउने,उठाउने,दाउरा काट्ने,धर्मका लागि भनेर हामीले के के गरेनौं?जोडैले काम गरेउ ।”उनीहरुले बताए । “आश्रममा पढ्ने किताबमा  बम्जनको जीवनी,जन्मकथा,पूर्वजन्मकथा,धर्म भने पनि त्यही,ज्ञान भने पनि त्यही ।त्यसबाहेक लामा भाषाको अर्को सानो किताब पनि थियो,जुन कमै आनीहरूले बुझ्थे। ”
“बम्जन र आश्रममा बसेकी एक आनी विचको विवादका कारण सबै आनीहरू रोइरहेका थिए, चिच्याइरहेका थिए।जे भइरहेको थियो,मैले विश्वासै गर्न सकिरहेकी थिइनँ,”उनले भनिन्।“लामो समयपछि ब्यूँझिएँजस्तै भएको थियो ।त्यही घटना भएको साँझ काठमाडौंबाट बम्जनकी श्रीमती दिपशिखा आश्रममा पुगिन। उनीसँग उनकी आमा पनि थिइन्। सिन्धुली आश्रमको भान्छामा आफ्नै आमाका अगाडि सबै आनीलाई भेला पारिन्।त्यहाँ दिपशिखाले बम्जनका यौन दुव्र्यवहारबारे आनीहरूलाई बताइन्। दिपशिखाले भनेको सम्झिँदै एक आनीले भनिन्,“गुरूले धेरै आनीहरूलाई दुव्र्यवहार गरेका छन् ।तपाईंहरू पनि गुरूको अगाडि एक्लै नजानू।राति एक्लै नहिँड्नू ।” 
बम्जनको आश्रममा तामाङको भोगाई 
आश्रमभित्र हुने यौन दुव्र्यवहार र अत्याचारको घटना सार्वजनिक गर्नमा तामाङको महत्वपूर्ण भूमिका छ।उनले पत्रकार सम्मेलन गरेर बम्जनको अत्याचार खुलासा गरेकी थिइन्।म २०७१ साउन २८ गते बाराको हलखोरियामा रहेको बम्जनको आश्रममा गएँ।हजुरबुबा, हजुरआमा,बुबा र म गुरूको दर्शन गर्न त्यहाँ गएका थियौं।मेरा दुई जना भाइ पहिल्यैदेखि आश्रममा थिए।त्यस दिन हामी हलखोरिया जंगल बीचमा रहेको आश्रमको पूर्वी गेटबाट छिरेका थियौं। आश्रममा हामीलाई काचोप्पा भन्ने घरमा राखियो।त्यो आगन्तुक राख्ने ठाउँ हो। बम्जनको आश्रमबाट काचोप्पा करिब दुई किलोमिटर दूरीमा छ।
भोलिपल्ट बिहान हामीले बम्जनको दर्शन गर्न पायौं।बुबाहरूले निहुरेर दर्शन गर्नुभयो।त्यो सामान्य भेटघाट थियो।गुरूको दर्शनपछि मलाई बुबाले त्यहीँ छाडेर जानुभयो।खासमा मैले आफैं त्यहाँ बस्ने मन बनाइसकेकी थिएँ।अघिल्लो दिन आश्रमको गेटमा लिन आएको मेरो जुम्ल्याहा भाइ रामले भनेको थियो,“दिदी, तिमी यहीँ बस।तिम्रो भविष्य राम्रो हुन्छ। तिमीले घरमा दुःख पाएकी छौ।यहाँ बस्यौ भने सजिलो हुन्छ।” उनले सम्झीइन् ।भाइले भनेपछि मैले धेरै सोचेँ।मलाई पनि लाग्यो,त्यहाँ बसेपछि ज्ञान पाइन्छ।मेरो भविष्य राम्रो हुन्छ। आफ्नै खुट्टामा उभिन सक्छु। यति सोचविचार गरेर मैले बम्जनको आश्रममा बस्ने निधो गरेकी थिएँ।उनले भनिन् ।
पहिलो दिन मलाई बम्जन बस्ने घरको तल्लो तलामा राखियो। त्यो तलाका अरू सबै कोठामा बम्जनका चेलाहरु थिए।अर्को कोठामा म एक्लै बसेँ।केही दिनपछि मैले थाहा पाएँ,बम्जनको आश्रम सिन्धुपाल्चोकमा पनि छ।त्यहाँ अरू पाँच जना केटी बस्छन्। त्यतिखेर विष्णु बल भन्ने बम्जनकी सबैभन्दा पुरानो आनी र बम्जनकी आफ्नै कान्छी बहिनी रिन्छेन्मो हेटौंडामा बम्जनको एक जना अनुयायीको घरमा बस्थे।केही समयपछि उनीहरू पनि हलखोरिया आए।
बम्जन सबै आश्रम घुम्थे।कहिले कहाँ गएर बस्थे,कहिले कहाँ।म हलखोरिया बस्दा उनकी श्रीमती दिपशिखाले कहिलेकाहीँ सम्झाउँथिन्,“माथि नजानू,गुरू रिसाउनु हुन्छ।”उनकी बहिनी रिन्छेन्मोले पनि मलाई माथि नजान भनेकी थिइन्।एकपटक दिपशिखा दिदी र म हेटौंडा गएका थियौं। आएपछि बम्जनले एकदिन मलाई एकान्त पारेर सोधे,“भन् त,मेरो बूढीले तँलाई मेरो बारेमा के भन्नीे?”
यस्तो प्रश्न किन सोध्यो होला भनेर मैले अचम्म मानेँ।हलखोरियामा हुँदा नै बम्जनले मलाई अलिअलि जिस्क्याउन थालेका थिए।कहिलेकाहीँ“ल नाच् त, हेरम् कस्तो नाच्दो रैछौँ”पनि भन्थे।त्यसलाई मैले नराम्रो रूपमा लिइनँ।बुबाले भन्नुभएको थियो,“गुरू केटाकेटीसँग छिट्टै हेलमेल हुन्छ।केटाकेटीलाई मनपराउँछ।कहिलेकाहीँ गुरूले परीक्षा पनि लिन्छ।”२०७१ मंसिरमा हलखोरियाका स्थानीय थारू र बम्जनका भक्तहरूको झगडा भयो।त्यसपछि “यहाँ केटीमान्छे सुरक्षित छैन,सिन्धुपाल्चोक गएर बस्”भन्ने आदेश आयो।त्यति बेला केटीहरू मात्र हैन,केही चेलाहरू पनि सिन्धुपाल्चोक सरे। दिपशिखाले हामीलाई सिन्धुपाल्चोक लगिन्।
सिन्धुपाल्चोकको बडेगाउँस्थित टोड्केभीर भन्ने ठाउँमा आश्रम छ।सडकबाट हिँडेर आश्रम पुग्न करिब आधा घन्टा लाग्छ।आश्रम जंगलभित्र छ।सबैभन्दा तल बम्जनको आश्रम छ। त्यसको केही माथि आनीहरू बस्ने घर छ।त्योभन्दा धेरै माथि करिब पाँच मिनेट दूरीमा चेलाहरू बस्न टिनले बारेको घर छ।माथिबाट हेर्दा बम्जनको आश्रम देखिन्न।रूखहरूले छेकिन्छ।सिन्धुपाल्चोकको आश्रममा सुरुमा गांगा(म),चुन्मो,डोल्मो,छोइमो,ज्योति,विष्णु र रिन्छेन्मो गरी सात जना आनीहरु थियौँँ ।
“मैत्रिय बुद्ध”बनेका बम्जनको कथा?
तेह्र वर्षअघि बाराको रतनपुरी ५ का १४ वर्षीय एक किशोर घरबाट हराए।घरमा खैलाबैला मच्चियो। गाउँभरि खोजिभयो तर कतै फेला परेनन्।भोलिपल्ट घरमुनि खोल्सीमा ठूला दाइले भेटे।ती किशोर घर फर्किन मानेनन्।एकोहोरो अघिअघि हिँडे ।एक ठाउँमा पुगेपछि दाइलाई भने,“म यहीँ बस्छु, तपाईं जानू ।”भोलिपल्ट जंगलभित्र एउटा पिपलको रूखमुनि उनी तपस्यारत भेटिए।त्यसअघि उनको तपस्या र ध्यानको खासै पृष्ठभूमि छैन।भारतको देहरादुनमा लामा पढ्न गएका उनी पढाइ नसकी फर्किएका किशोर बम्जन हुन ।
रतनपुरी जंगलमा“तपस्वी”लाई हेर्न मानिसहरू आउन थाले।विस्तारै घुइँचो बढ्यो।स्थानीय तथा राष्ट्रिय मिडियाले समाचार लेखे। आगन्तुकको घुइँचो झनै बढ्यो।धुपबत्ती,खादा,ध्वजा र झन्डाहरूको खात लाग्न थाल्यो।कतिपयले नजिकै फूलगुच्छा,अगरबत्ती र खादाहरूको पसलै खोले।होटल खोले।सुनसान जंगल एकाएक गुल्जार भयो।
बाराको रतनपुरी जंगलमा बम्जन १० महिना बसे।कति तपस्या बसे,कति निराहार बसे,त्यो विवादास्पद नै छ।त्यहाँ उनलाई सघाउने भित्री“सर्कल”मा परिवारका सदस्य मात्र थिए उनका जेठा दाइ,भाइहरू र मामाका छोरा जसले मात्रै बताउन सक्छन बम्जनको विषयमा यथार्थ ।त्यो बेला रतनपुरीमा सँगै बसेका एक चेला बम्जन १० महिना निराहारै ध्यानमा बसेको दाबी गर्छन्। यसमा अविश्वास गर्नेको कमी छैन।त्यति लामो समय नखाई तपस्या बसेका बम्जन हृष्टपुष्ट नै देखिन्थे।त्यसैले धेरैले शंका गरे।
बम्जन नखाई तपस्या बसेका हुन् वा होइनन् भनी निक्र्यौल गर्न जाँच्ने कुरा आयो।डाक्टरको टोली तयार भयो तर,उनले परीक्षणका लागि चाहिने रगत नमूना दिन मानेनपछि शंका सृजना भएको बागमती नगरपालिका १ का वडा अध्यक्ष गम्भीरसिंह पाख्रिनले बताए । उनका अनुसार बम्जनले सत्य बोलेको थियो भने परीक्षण गरेर के बिग्रिन्थ्यो?”उनले थपे “मलाई पहिलै शंका थियो त्यो दिनदेखि पुरै विश्वास हट्यो ।”
उनलाई विश्वास गर्ने,उनको दर्शन गर्ने भन्दा शंका गर्नेहरु बढे ।तर पनि देश–विदेशका दर्शनार्थीको घुइँचो बढ्दै गयो र शंका गर्नेहरू विस्तारै पाखा लागे।विश्वास गर्ने कतिले उनलाई भगवान मान्न थाले,कतिले बुद्ध,विश्वा नगर्नेहरुले उनलाई सनकाहा कोटो भन्न थाले ।त्यसपछि उनी २०६३ फागुनबाट उनी रतनपुरीमा बसेको करिब १० महिनापछि एकाएक हराए ।
त्यसले राष्ट्रिय मात्र हैन,अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको पनि ध्यान तान्यो।केही दिनपछि उनी नजिकैको हलखोरिया जंगलमा भेटिए।बेलायती समाचार संस्था बिबिसीले उनको“स्टोरी ”गर्यो। प्रतिष्ठित डिस्कभरी च्यानलले“बुद्ध ब्वाइ”भनेर बम्जनको बायोपिक वृत्तचित्र नै बनायो।उनी तपस्या गरेर,हलचल नगरी ७२ घन्टा एकैठाँउ बसेको भिडियो आफूले खिचेको डिस्कभरीले दाबी गर्यो। त्यसले अन्तर्राष्ट्रिय रूपमा उनको नाम झनै फैलियो।उनलाई हेर्न विदेशबाट पनि मानिसहरू आउन थाले। एकाएक उनी“लिटिल बुद्ध”बने।
देशभित्रै र बाहिरबाट पनि दान र सहयोग बढ्न थाल्यो।हलखोरियामा उनले आफ्ना सहयोगी र अनुयायीहरूलाई आश्रम बनाउन लगाए।तपस्याका लागि पाताल गुम्बा बनाउन लगाए। वरको ठूलो रुखमुनि ६० जना खटेर सात फिट अग्लो र सात फिट चौडा गुफा बनाएको एक अनुयायीले सुनाए ।केही समय पाताल गुम्बामा बसेपछि बम्जन बाहिर देखिन थाले।विस्तारै उनले आफना हर्कत पनि देखाउन थालेको छ । २०६४ असारमा आश्रमको एक घटनाले बम्जनको आपराधिक प्रवृत्ति झल्काउँन थाल्यो ।
त्यो दिन बम्जन नजिकै डाँडामा घुम्न निस्किएका थिए।उनले आफ्नी दिदीलाई त्यहीँबाट अलि चर्को स्वरमा “मेरो गुम्बामा कोही हतियार लिएर पसेको छ,चेक गर।”भने ।उनका दिदी,दाजु लगायत वरिपरिका मानिस पाताल गुम्बाको कम्पाउन्डमा आए बम्जनले भनेको मान्छे पाताल गुम्बाभित्र पस्यो।चुकुल लगायो।बम्जनको रिसको पारो चढ्दै गयो।उनले कराँते खेल्ने खेलाडीझैं उफ्रेर ढोकामा धेरैपटक हिर्काए तर ढोका खुलेन ।
त्यसपछि गुरूले तरबार निकालेर ढोकामा कसरी हाने ढोका एकै पटकमा खुल्यो।त्यो व्यक्तिलाई बम्जनले तानेर कम्पाउन्ड बीचमा ल्याए।उनी त्यही गाउँका स्थानीय युवा थिए। घुँडा टेकेर शिर निहुर्याएर बसे।“बम्जनले हावामा तरवार नचाउँदै शिर निहुर्याएर बसेका ती युवामाथि उज्याए तर बम्जनकी दिदीले रोकिन्।बम्जनले तरबार त्यही व्यक्तिको छेउमा गाडे र ती युवालाई सोधे तँ किन यहाँ आइस्,उसले गुरू बसेको ठाउँ दर्शन गर्न आएको भन्यो।”बम्जनका एक चेलाले भने ।“बम्जनले फेरि तरबार उचालेर हावामा घुमाए,कतिखेर गुरूले तरबार चलाए छन्,त्यो व्यक्तिको छालासहित टुप्पी तासियो,।”बम्जनका चेलाले भने ।
गुम्बामा बसेर तपस्या गरेका,ध्यान गरेका मानिसले कराँते कहाँ र किन सिके?तरबार चलाउन कसरी त्यति निपूर्ण भए?यी प्रश्न अनुत्तरित छन्।उनमा हिंसाप्रति लगाव थियो र सुरूदेखि नै हातहतियारको मोह थियो भन्ने त्यो र पछिका घटनाले पुष्टि गर्छन्।हलखोरिया आश्रममै रहँदा बमजनको अर्को पाटो पनि विस्तारै खुल्न थालेको थियो । त्यो हो बम्जनको आश्रममा बसेकी पुरानी आनी विष्णु बलमाथी हलखोरिया आश्रमको पाताल गुम्बामै यौन दुव्र्यवहार भएको हल्ला ।“पछि बम्जनका जेठा दाजुले यौन दुव्र्यवहार गर्दागर्दै उनलाई रंगेहात भेटे।दिदी राजकुमारीले पनि अर्की आनीसँग त्यस्तै हर्कत गर्दै गरेको भेटिन्।दाइ र दिदीले बम्जनका गतिविधिहरु प्रति आपत्ति जनाए र बम्जनले विस्तारै दुवैलाई आश्रमबाट पन्छाए।”एक चेलाले बताए ।
जंगलमा तार बारको घेराभित्र बस्ने बम्जनका विवादास्पद चरित्र क्रमशःवरिपरिका मानिसले देख्न थालिसकेका थिए। तथापी पनि बाहिरको संसारलाई भने यी कुरा थाहै थिएन।“बुद्ध ब्वाइ” र “लिटल बुद्ध”का रूपमा उनको प्रचार प्रसार संसारभर फैलिँदै थियो। उनलाई संसारभरिबाट दान र सहयोग आउने क्रम जारी थियो।सोही क्रममा तामाङले प्रहरमिा उजुरी दिएपछि प्रहरीले फरार सुचिमा राखेर खोजी रहेका बम्जन लामो समयदेखि फरार रहँदै आएका थिए।प्रहरीको टोली पटक पटक उनको आश्रममा पनि पुग्ने गरेको भएपनि बम्जनलाई पत्ता लगाउन र पक्राउ गर्न सकेको थिएन। 

सम्बन्धित समाचार