“बैंकिङ कसुर”सम्बन्धी मुद्दाका आरोपीत बचाउँन प्रतिनिधि सभा सदस्य दाहालका स्वकीय सचिव रत्नद्धारा प्रहरीमाथि हातपात

2.9k Shares

बैंकिङ कसूर सम्बन्धी मुद्धामा दोषी देखिएका मानिसलाई नियन्त्रणमा लिन पुगेको सिन्धुली प्रहरी र नेकपा(माओवादी केन्द्र) सिन्धुलीका स्थानीय नेता विच विवाद भएको छ ।सिन्धुलीको कमलामाई नगरपालिका ६ स्थित रातमाटामा रहेको पर्पल होटलका सञ्चालक समेत रहेका बैंकिङ कसूर सम्बन्धी मुद्धाका आरोपित अम्बरदिप थापालाई पक्राउ गर्न पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको प्रहरी टोली र माओवादी केन्द्र सिन्धुलीका स्थानीय नेता गणेश रत्न विच विवाद भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
सोमबार(आज)साँझ करिब ७ बजे बैंकिङ कसूर सम्बन्धी मुद्धाको आरोपीत थापालाई पक्राउ गर्न पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको प्रहरी टोली र माओवादी केन्द्र सिन्धुलीका इन्चार्ज एवम प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल(राजन)का स्वकीय सचिव एवम माओवादी केन्द्र सिन्धुलीका स्थानीय नेता रत्न विच विवाद भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक चिरञ्जीवी दाहालले जानकारी दिए ।उनका अनुसार पर्पल होटलका सञ्चालक समेत रहेका बैंकिङ कसूर सम्बन्धी मुद्धाका आरोपीत थापालाई पक्राउ गर्न पुगेको प्रहरीको टोली माथि माओवादी केन्द्र सिन्धुलीका इन्चार्ज एवम प्रतिनिधि सभा सदस्य दाहालका स्वकीय सचिव रत्नले विवाद गरेका हुन ।
बैंकिङ कसूर सम्बन्धि मुद्धाका आरोपीत पर्पल होटलका संचालक गोलन्जोर गाउँपालिका ५ घर भएका थापालाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोली पुग्दा केहि समय विवाद भएको स्थानीयले बताए।माधवी रिमालको जाहेरीले बैंकिङ कसूर सम्बन्धि मुद्धाका आरोपीत पर्पल होटलका संचालक गोलन्जोर गाउँपालिका ५ घर भएका थापालाई पक्राउ गर्न खोज्दा माओवादी केन्द्र सिन्धुलीका इन्चार्ज एवम प्रतिनिधिसभा सभा सदस्य दाहालका स्वकिय सचिव रत्नले विवाद गरेपछि रत्नलाई नियन्त्रणमा लिने प्रयास गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रहरीले “सामान्य विवाद भएको र पक्राउ गर्न खोज्दा प्रतिवाद गरेपछि ठेलम ठेलसँगै हात हालाहाल भएको बताएको छ ।”थापाको नाममा रहेको बैंक खाताबाट रु पाँच लाखको चेक काटिएकोमा खातामा पैसा नभएपछि जाहेरिकर्ता रिमालले चेक बाउन्स भएको भन्दै प्रहरीमा मुद्धा दर्ता गराएकी थिईन् ।सो होटलमा सत्ता र शक्तिको नजिक रहेका व्यक्तिहरुकै चहलपहल हुने र राजनैतिक आस्थाप्रति विमत्ति र सत्तासँगै मद्यिराको मात चढेपछि सेवाग्राहीहरु एकआपसमा भिड्ने गरेका घटना कुनै नयाँ नभएपनि प्रहरीसंग नै विवाद हुनुले प्रहरीको क्षमता र होटल सञ्चालक थापाको सत्ता,शक्ति र राजनैतिक आड नै घमण्ड प्रष्ट भएको स्थानीयले बताए ।केहि महिनाअघि मात्रै माओवादी केन्द्रका नेता तथा कार्यकर्ता र नेपाली सेनाका एक क्याप्टेनबिच पनि सोही होटलमा विवाद भएको थियो । सो समयमा होटलमा तोडफोड समेत भएको स्थानीयले बताए ।
“बैंकिङ कसुर”सम्बन्धी मुद्दामा सिन्धुली जिल्ला अदालतबाट सोमबार(आज)पक्राउ अनुमति लिई खोजतलास गर्दै जाने क्रममा आफ्नै होटलबाट थापालाई पक्राउ समेत गरिएको सिन्धुली प्रहरीले जनाएको छ ।माओवादी केन्द्र सिन्धुलीका इन्चार्ज एवम प्रतिनिधि सभा सदस्य दाहालको आडमा सिन्धुलीमा माओवादी केन्द्रका नेता कार्यकर्ताहरुले गुण्डागर्दी गर्दै आएका समेत पाइएको छ ।

सम्बन्धित समाचार