शुद्धखोर विरुद्धका अभियान्ता माओवादी केन्द्रका तत्कालीन केन्द्रीय सदस्य एवम सर्लाही इन्चार्ज स्व.वाग्ले शहिद घोषणा

2.2k Shares

नेकपा(माओवादी केन्द्र)का तत्कालीन केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्लेलाई आज(मंगलबार) बसेको मन्त्री परिषद बैठकले सहिद घोषणा गरेको छ ।कम्युनिष्ट आचारण र मूल्य मान्यतामा दृढरहि कम्युनिष्ट आन्दोलनमा अतुलनीय भुमिका निर्वाह गरेका माओवादी केन्द्रका तत्कालीन केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज वाग्लेको ५१ वर्षको उमेरमा २०७७  माघ २१ गते सर्लाहीकै बरहथवामा रहस्यमय सवारी दुर्घटनामा मृत्यु भएको थियो। 
सर्लाहीबाट उठेको मिटर व्याजी तथा ठगि पीडित किसान मजदुरहरुको आन्दोलनको नेतृत्व गरेका वाग्लेको प्रतिगमनकारी कदमको विरुद्धमा बरहथवामा भएको कार्यक्रम सकेर घर फर्कने क्रममा रहस्यमय सवारी दुर्घटनामा मृत्यु भएको थियो ।पीडित परिवारले आफ्ना पति,बुबाको मृत्युको यथार्थ कारण सार्वजनिक नभएको भन्दै राज्यलाई घटनाको सत्यतथ्य सार्वजनिक गर्न पटक पटक माग गर्दै आएका थिए ।उनले सर्लाहीमा मिटर व्याजी तथा ठगि पीडित किसान मजदुरहरुको आन्दोलनको नेतृत्व गरेका थिए भने  २०७७  माघ २१ गते प्रतिगमनकारी कदमको विरुद्धमा बरहथवामा भएको कार्यक्रममा मिटर व्याजी तथा ठगि पीडित किसान मजदुरहरुलाई साथमा लिएर सर्लाहीका कुख्यात् सुदखोर श्याम कृष्ण साह(श्याम परदेशी) र लालबाबु यादव लगायतयतलाई कानुनी कारबाही गराउने अभियानको नेतृत्व गरेका थिए। 
आफ्नै मोटरसाईकलमा बरहथवाको कार्यक्रम सकेर फर्कने क्रममा मुर्तियामोड नजिकै रहस्यमय सवारी दुर्घटनामा ज्यान गुमाएका नेता वाग्लेको विषयमा छानविन समितिले अझै वास्तविकता सार्वजनिक नगरेको भएपनि आज(मंगलबार)बसेको मन्त्री परिषद बैठकले सहिद घोषणा गरेर थोरै भएपनि उनको परिवारलाई मल्हम लगाउने काम गरेको छ ।“कुख्या शुद्धखोरका विरुद्ध कडा रुपमा आन्दोलन गर्दा नेता वाग्ले सहितका अभियान्ताहरुलाई केही शुद्धखोरका नाईकेहरुले निशाना बनाई रहेको अपुष्ट खबरहरु आएका थियो।”माओवादी केन्द्रका नेता एवम हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी(कमल)ले बताए । स्व.नेता वाग्लेको घटनामा प्रहरीले गरेको अनुसन्धान गलत रहेको भन्दै पीडित परिवारले आपत्ती समेत जनाएका थिए ।
स्व.नेता वाग्लेको घटनामा संग्लग्न रहेको भनी राज्यले काम देखाउन मानिस र सवारीसाधनलाई नियन्त्रणमा लिएको तर वास्तविकता सो नहुन सक्ने नेकपा(एमाले)का नेताहरुले समेत बताएका थिए ।रहस्यमय घटना भनिएकोले जीन्दगीभर पनि घटना पक्ता नलाग्ने खालको पनि हुन सक्ने नेताहरुले बताएका थिए  साथै नेता वाग्लेको ज्यान गएको तीन वर्ष हुनै लाग्दापनि उनको सम्झनामा शालिक बनाउने विषयमा सिलान्यास मात्रै भएको प्रति पीडित परिवारले दुःख व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार