बरहथवामा पुन कर्फ्यु घाेषणा,तीन दिनमा पनि उठेन साहकाे शव

2.4k Shares

सर्लाहीको बरहथवा घटनामा गोली चलाउने प्रहरी वरिष्ठ हवल्दार सोनेलाल यादव जिल्ला प्रहरी कार्यालय सर्लाही तानिएका छन्। 
शुक्रबार दिउँसो बरहथवा नगरपालिका ६ स्थित रहेकाे १५ शैयाकाे प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शैयाकाे प्रादेशिक अस्पतालमा स्तरोन्नती गर्ने वा नगर्ने भन्ने विषयमा विवाद भएर झडप हुँदा बरहथवा नगरपालिका ६ का अन्दाजी वर्ष ३० का जय शंकर प्रसाद साहकाे प्रहरीले चलाएकाे गोली लागेर मृत्यु भएको थियो। 
बरहथवा नगरपालिका ६ का जयशंकर साहको मृत्यु भएको थियो। आन्दोलन मै सहभागी नभएका स्थानीय व्यवासायी साहकाे मृत्यु भए पछि प्रदर्शनीकारीहरुले शव तीन दिनदेखि घटनास्थलमै राखेर प्रदर्शन गरि रहेका छन्। घटना हुँदा प्रहरीले गोली चलाएको भएपनि जिल्ला प्रशासन कार्यालयले गोली चलाउन कुनै आदेश नै नदिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी काेमल प्रसाद धमलाले बताउनु भएको छ। 
घटना उग्र भएकाे हँतियार खाेस्न खाेजेपछि प्रहरीले बाध्य भएर १९ सेल अश्रुग्यास र १३ राउण्ड हवाई फायर गरेकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक प्रवीण धितालले बताउनु भयाे । तथापि पनि उक्त घटनापछि थप बुझ्न हवल्दार  यादवलाई जिल्ला तानेर सोधपुछ सुरु गरिएको उहाँले बताउनु भयाे ।
मृतक साहको शव उठाउन परिवार,प्रदर्शनकारी र प्रशासनबीच छलफल निरन्तर भई रहेकाे भए पनि कुनै निष्कर्ष निस्कन सक्काे छैन भने प्रदर्शनकारीले प्रदर्शन थप चर्काएपछि स्थानीय प्रशासनले पुन साेमबार बिहान ८ बजे सम्म कर्फ्यु घाेषणा गरिएको सर्लाहीका सहायक प्रमख जिल्ला अधिकारी हाेम प्रसाद घिमिरेले जानकारी दिनुभयाे ।  
पीडित र आन्दोलनकारीहरुले नगर प्रमुख कल्पना कुमारी कटुवालकाे राजिनामा गराई कार्बाही गर्नु पर्ने,ईलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी प्रमुख एवम प्रहरी नायव उपरीक्षकलाई निलम्बन गर्नु पर्ने,५० शैयाकाे अस्पताल कायम हुनु पर्ने,मृतकलाई सहिद घाेषणा गर्नु पर्ने,नेपाल बैँक चाेकमा र अस्पतालमा शहिदकाे शालिक राख्नु पर्ने,मृतककाे परिवारका एक सदस्यलाई सरकारी जागिरकाे व्यावस्था गर्नु पर्ने,मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने र गाेली चलाउन आदेश दिने र गाेली चलाउनेलाई कार्बाही गर्नु पर्ने लगायतका माग राखेका  आन्दाेलनकाे नेतृत्व गरेका नेपाली कांग्रेस बरहथवा नगर समिति सभापति विगु प्रसाद चाैधरीले जानकारी दिनुभयाे ।
भने घटनाको छानबिनका लागि गृह मन्त्रालयले सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीम बहादुर बुढाथोकी गरि तीन सदस्यीय छानविन समिति गठन गरेको छ। समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ।

 

सम्बन्धित समाचार