नगर प्रमुख कटुवालको निर्देशनमा प्रहरीले गोली हान्दा साहको मृत्यु भएको आन्दोलनरत पक्षको आरोप

2k Shares

सर्लाहीको बरहथवा नगरपालिका ६ का अन्दाजी ३० वर्षका जय शंकर साहको हत्या भएको भन्दै आन्दोलनरत गठबन्धले विज्ञप्ती मार्फत विरोध जनाएको छ ।बरहथवा नगरपालिका ६ स्थित रहेको १५ शैयाको अस्पताललाई स्तरोउन्नती गरी ५० शैयाको प्रादेशिक अस्पताल बनाउने र नबनाउने विषयमा विवाद भई भएको शान्तीपुर्ण प्रदर्शनमा नगर प्रमुख कल्पना कुमारी कटुवालको निर्देशनमा प्रहरीले गोली चलाउँदा विद्युत प्राधिकरणबाट बिल तिरेर फर्किदै गरेका सर्लाही होटलका संचालक साहको टाउकोमा गोली लागि घटनास्थल मै ज्यान गएको भन्दै आन्दोलीत गठबन्धन पक्षले विरोध जनाएको छ ।
“भीड तितरवितर हुँदै गइरहँदा विद्युत प्राधिकरणबाट बिल तिरेर गई रहेका सर्लाही होटलका संचालक साहको टाउकोमा मेन रोडको बीच सडकमा प्रहरीले नगर प्रमुख कटुवालको निर्देशनमा गोली हानी हत्या गरेको घटना निन्दनीय छ ।यस विषयमा हामीले जिल्ला प्रशासन कार्यालय सर्लाही,जिल्ला प्रहरी कार्यालयका सर्लाही,इलाका प्रहरी कार्यालय बरहथवा र इलाका प्रसाशन कार्यालय बरहथवालाई ज्ञापन पत्र दिँदै संयमता अपनाउनु भन्दा भन्दै प्रहरी,प्रशासन र नगर प्रमुख कटुवालको लापरवाही र गैर जिम्मेवारीपनको कारण एक होनहार युवाको हत्या गरेको प्रति खेद व्यक्त गर्दै मृतक प्रति हार्दिक श्रदान्जली अर्पण गर्दै सहिद घोषणा साथै सरकारले यस हत्यामा संलग्न स्थानिय प्रहरी प्रशासनलाई निलम्वन गरि अविलम्ब न्यायिक छानबिन समिति गठन गरी सुक्ष्म तरिकाले अनुसन्धान गरी क्षति पूर्ति सहित दोषी ऊपर कडा कारवाहीको माग गर्दछौँ।” नेपाली काग्रेस,जनता समाजवादी पार्टी(जसपा)नेपाल,लोकतान्त्रीक समाजवादी पार्टी(लोसपा)नेपाल,बहुजन एकता पार्टी,जनमत पार्टी र उद्योग बाणिज्य संघ बरहथवाले संयुत्त रुपमा निकालेको विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा“घटनाको निश्पक्ष छानबिन समिति गठन भई कारवाही नहुन्जेल सम्म हाम्रो शान्तिपूर्ण आन्दोलन जारी रहनेछ ।”भनिएको छ ।१५ शैयाको प्राथमिक स्वास्थ्य केन्द्रलाई मधेश मधेश प्रदेश सरकारकाबाट ५० शैयामा स्तरोउन्नती गर्ने गरी नीति कार्यक्रम बमोजिम नगर प्रमुख कटुवालले असोज ९ गते नगरपालिका नगर कार्यपालिकाको बैठकबाट प्रदेश सरकारलाई अस्पताल हस्तान्तरण गर्ने निर्णय गराई सकेकी भएपनि नेकपा(एमाले)का जनप्रतिनिधिहरुले ५० शैयाको अस्पताल हुनु हुँदैन भन्दै विरोध जनाए पछि नगर प्रमुख कटुवालले हस्तानतरण गर्न आलटाल गर्दै जनतालाई आक्रोशित बनाएपछि शान्तीपुर्ण रुपमा प्रदर्शन गरिएको विज्ञप्तीमा उल्लेख छ ।
सोही अनुसार पूर्व निर्धारित कार्यक्रम अनुसार शान्तिपूर्ण आन्दोलनमा उत्रिएका सर्वसाधारण, राजनैतिक दल,उद्योग वाणिज्य संघ, स्थानीय व्यापारी,व्यावसायीहरु नगरपालिका घेराउ गरी नाराबाजी गरी रहँदा प्रहरीले लाठी चार्ज गर्दै कयौ राउण्ड अश्रुग्याँस प्रहार गरी आन्दोलनकारी लाई घाइते बनाएको थियो ।त्यसपछि नगर प्रमुख कटुवालको निर्देशनमा शक्तिको आडमा प्रहरीले अन्दा धुन्द गोली चलाएको र आन्दोलनमा सहभागी नै नभएका साहको ज्यान गएको प्रति आपत्ति समेत जनाएको छ ।

सम्बन्धित समाचार