सर्लाहीको बरहथवा नगरपालिका ६ स्थित रहेको १५ शैयाको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोउन्नती गरि ५० शैयाको प्रादेशिक अस्पताल बनाउने र नबनाउने विषयमा भएको राजनीतिक लडाइँको स्थानीय निर्दाेष युवा सिकार भएका छन् ।मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र प्रसाद सिंह र बरहथवा नगरपालिकाकी नगर प्रमुख कल्पना कुमारी कटुवालको राजनीतिक स्वार्थका कारण उत्पन्न विवादबाट बरहथवा नगरपालिका ६ का अन्दाजी ३० वर्षिय जय शंकर साहको ज्यान गयो ।
स्वास्थ्य संस्थाको स्तरोउन्नती गर्ने र नगर्ने विषयमा घुसेको राजनीतिले उग्र रुप लिएपछि बरहथवा क्षेत्रमा प्रहरीले अन्दा धुन्द गोलि चलाउँदा आफ्फे काम सकेर घर फर्किदै गरेका बरहथवा नगरपालिका ६ का अन्दाजी वर्ष ३० का साहको टाउकोमा गोलि लाग्यो र घटनास्थल मै ज्यान गयो भने सुरक्षाकर्मी र स्थानीय प्रदर्शनकारी गरी करिब डेढ दर्जन घाईते भएका छन् ।
घटनापछि स्थानीय प्रशासनले बरहथवा नगर क्षेत्रमा शनिबार बिहान ८ बजेसम्म कर्फ्यु र शनिबार बिहान ८ बजेदेखि आईतबार बिहान ८ बजे सम्म निषेधाज्ञा जारी गरेको छ तर तनाव कम भएको छैन ।मृतक साहको शव आफनो नियन्त्रणमा राखेर प्रदर्शनकारीहरु पैदशएन गरि रहेका छन् ।
नेपाल सरकारले रु १८ करोड खर्चिएर बरहथवा नगरपालिका ६ मा १५ शैयाको प्राथमिक स्वास्थ्य केन्द्रको नयाँ भवन निर्माण गरिरहेको छ भने १५ शैयाको प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शैयाको प्रादेशिक अस्पताल बनाउने भन्दै प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोउन्नती गर्न भन्दै मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रु ४० करोड बजेट व्यावस्था गर्याे १५ शैयाको प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शैयामा स्तरोउन्नती गरि प्रादेशिक अस्पताल बनाउन सहमत रहेको भन्दै नगरपालिकाले असोज ९ गते बहुमतले निर्यण नै गरेको थियो । तर नगर प्रमुख कटुवालले त्यो आफैले गरेको निर्णय कार्यन्वयन नगर्दा नेपाली कांग्रेस सहित केही साना दलहरु त्यसको विरोधमा चरणवद्ध रुपमा शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका थिए ।
बरहथवा नगरपालिका÷नगर कार्यपालिकाले असोज ९ गते बहुमतले प्राथमिक स्वास्थ्य केन्द्रको भवन ५० शैयाको अस्पताल सञ्चालन गर्न प्रदेशलाई हस्तान्तरण गर्ने निर्णय पनि गरेको थियो तर उक्त निर्णय कार्यान्वयनमा नआएपछि नेपाली कांग्रेस बरहथवा नगर सभापति विगु प्रसाद चौधरीको नेतृत्वमा स्थानिय राजनीति दलहरुका साथै व्यापारी व्यावसयीहरुले शान्तिपूर्ण विरोध प्रदर्शन गरेपछि नगर प्रमुख कटुवालको शक्तिको आडमा स्थानीय प्रहरीले अन्दा धुन्द गोली चलायो ।शुक्रबार भएको प्रदर्शनमा १९ सेल अश्रुग्यास र १३ राउण्ड हवाई फायर भएको सर्लाही प्रहरीले जनाएको छ ।
५० शैयाको प्रादेशिक अस्पताल बनाउँदा मन्त्री सिंहले लाभ लिने र नबनाउँदा नगर प्रमुख कटुवालले लाभ लिने देखेपछि दुवै जना मेरो गोरुको बार्है टक्का गर्न तम्सिए पछि १४ जना घाईते र एक जनाको ज्यान थयो ।
प्रदेश सरकारले अरु अस्पताल राम्रोसँग सञ्चालन नगरेको भन्दै नगर प्रमुख कटुवालले नगरपालिकाले नै १५ शैयाको अस्पताल सञ्चालन गर्नुपर्ने मत राखिन् ।कांग्रेससहित सत्ता गठबन्धनका दलहरुले भने कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न दबाव दिन थाले ।नगरपालिका नगर कार्यापालिकाको पुस १७ गते बसेको बैठकमा सोही विषयमा चर्को विवाद भयो।त्यो बैठकले बहुमतका आधारमा ५० शैयाको अस्पताल सञ्चालन गर्न प्रदेश सरकारलाई दिने अघिल्लो निर्णय तत्कालका लागि स्थगित गर्ने निर्णय गर्यो ।
अरुले विरोध गरेका कारण अस्पतालबारे निर्णय गर्न पुस २० गते सर्वदलीय बैठक बस्ने सहमति भयो।५० शैयाको अस्पताल बनाउने निर्णय कार्यान्वयनका लागि दबाव दिन भन्दै शुक्रबार उद्योग बाणिज्य संघ बरहथवाले समेत बजार बन्द गर्याे।नेपाली कांग्रेस सहितका राजनीतिक दलले समर्थन गरेका कारण शुक्रबार बिहानै देखि बजार बन्द भएको थियो ।दलका प्रतिनिधिहरु सर्वदलीय बैठकका लागि शुक्रबार नगरपालिका गएका भए पनि सर्वदलीय बैठक स्थगित भएको भन्दै नगर प्रमुख कटुवालले सुचना जारी गरेकी बरहथवा नगरपालिका १२ का वडाध्यक्ष रामजी राम यादवले बताए । उनका अनुसार नगर प्रमुख कटुवालले जारी गरेको सुचनामा आन्दोलनका बीच सर्वदलीय बैठक गर्नुको औचित्य नभएको उल्लेख गरिएको छ ।
बैठक स्थगित गरेपछि पनि नगर प्रमुख कटुवालको कार्यकक्षमा अनौपचारीक छलफल चलिरहेको थियो ।“नगर प्रमुख कटुवालले सर्वदलीय टोली जनकपुर जाउँ र मन्त्री सिहसँग कुरा गरौं भन्ने प्रस्ताव अनौपचारिक छलफलमा पेश गरिन् ।हामी छलफलमै थियो,बाहिर तनाव बढ्यो ।”अस्पताल प्रदेश मातहत जानुपर्ने र स्तरोन्नति हुनुपर्ने माग गर्दै नेपाली कांग्रेस सहितका दलले प्रदर्शन गर्न थाले ।त्यही क्रममा भीडले नगरपालिकामा ढुंगामुढा गर्न थाल्यो ।
प्रहरीले रोकेपछि प्रदर्शनकारीहरु नगर प्रमुख कटुवालको घरतिर लाग्यो ।नगर प्रमुख कटुवालको घरमा ढुंगामुढा भयो,अगाडि रहेको कारमा पनि आगजनी भयो ।प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरीले अश्रुग्याससँगै हवाइ फायर ग¥यो । स्थानीय होटल व्यावसायी साह आफ्नो कामको लागि विद्युत प्राधिरकण वितरण केन्द्र गएर फर्किएका र प्रदर्शनमा सहभागी नभएका बरहथवा नगरपालिका ६ का वडाध्यक्ष मोहमद अफताव आलमले बताए । उनका अनुसार विद्युत् महसुल तिर्न मोटरसाइकल चढेर विद्युत कार्यालय नजिकै पुगेका साहको टाउँकोमा प्रहरीले चलाएको अन्दा धुन्द गोली लाग्यो र उनको घटनास्थल मै ज्यान गयो ।त्यसपछि प्रदर्शनकारी झन आक्रोसित भएर र नगरपालिको गाडीमा आगजनी गरे । नगरपालिकाको सहित तीनवटा गाडीमा तोडफोड तथा आगजनी गरेको भयो ।भीडलाई नियन्त्रणमा लिन प्रहरीले १९ सेल अश्रुग्यास हान्नुका साथै १३ राउण्ड हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपेन्द्र पञ्जियार थारुले बताए ।उनका अनुसार ८ जना प्रहरी र ६ जना प्रदर्शनकारीहरु घाईते भएका छन् भने मृतक साहको शव आन्दोलनकारीहरु कै नियन्त्रणमा रहेको छ ।
ढल्यो परिवारको सहारा
बरहथवामा भएको स्वास्थ्य क्षेत्रलाई राजनीति करण गरि गरिएको प्रदर्शनमा मारिएका युवा साह सर्लाही होटलका सञ्चालक तथा कुखुरा दानाको हलसेल बिक्रेता हुन् ।बंगलादेशबाट एमबीबीएस अध्ययन गरेका उनलाई बुबा बंगाली राम साहले आफू बिरामी भएपछि व्यवसाय हेर्न भनेर बोलाएका थिए।तीनवर्ष अघि रामको निधन भएपछि व्यापार व्यवसाय उनले नै सम्हाल्दै आएका थिए । परिवारको साहारा अनाहकमा मारिएपछि सो परिवार यतिवेला शोकमा डुबेको छ।प्रदर्शनकारीले उनको शव आफ्नै नियन्त्रणमा राखेर प्रदर्शन गरि रहेका छन् ।साहको के कारणले मृत्यु भएको हो भन्ने पुष्टि नभएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले बताए ।
“शव हेर्दा गोली लागेर नै मृत्यु भएको जस्तो देखिन्छ” प्रमुख जिल्ला अधिकारी धमलाले बताए ।“तर शव अहिलेसम्म उनीहरुकै नियन्त्रणमा छ।त्यसैले उनलाई गोली नै लागेको हो भनेर हामीले पुष्टि गर्ने अवस्था छैन र गोली चलाउन आफूले आदेश नदिएको”प्रमुख जिल्ला अधिकारी धमलाले बताए ।के कति कारणले गोली चल्यो भन्ने अनुसन्धान छानबिन हुने उनले बताए ।सोही विषयलाई लिएर प्रदर्शनकारीहरुले शनिबार पनि बरहथवा सहित मलंगवामा समेत प्रदर्शन गरेका छन् ।सर्लाहीबाट क्षेत्र नम्बर ४ प्रदेश सभा क बाट निर्वाचित प्रदेशसभा सदस्य एवम मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री सिंह नेपाली कांग्रेसका मधेश प्रदेश समिति उप सभापति पनि हुन भने नगर प्रमुख कटुवाल नेकपा(एमाले) कि नेतृ हुन ।