लालबन्दी ७ को प्रिय सहकारीका अध्यक्ष दास र प्रवन्धक रायमाझी सम्पर्क विहीन

1.8k Shares

सर्लाहीको लालबन्दी नगरपालिका ७ मा सञ्चालित प्रिय बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष र प्रवन्धक सम्पर्क विहीन भएका छन् ।लालबन्दी नगरपालिका ७ स्थित बजारमा २०६७ सालमा स्थापना भएर सञ्चालित सहकारीका अध्यक्ष झगरु प्रसाद दास र प्रवन्धक रवीना रायमाझी सम्पर्क विहीन भएका हुन ।सहकारीका अध्यक्ष दास र प्रवन्धक रायमाझी सम्पर्क विहीन भएपछि बचत संकलन गर्ने कर्मचारीहरु समस्यामा परेका छन् भने बचतकर्ताहरुको करोडौँ रकम अन्यौलमा परेको छ ।सहकारीका अध्यक्ष दास र प्रवन्धक रायमाझी सम्पर्क विहीन भएको थाहा पाएपछि बचतकर्ताहरु रकम माग गर्दै कार्यालयमा पुगेका भएपनि कार्यालयमा पनि ताला लागेको पाएपछि चिन्तित देखिएका छन् ।
लालबन्दी नगरपालिका ७ मा प्रधान कार्यालय रहेको उक्त सहकारीले हरिवन र हरिपुरमा पनि कर्मचारी राखेर बचत संकलन गर्दै आएको थियो ।सहकारीका अध्यक्ष दास र प्रवन्धक रायमाझी मोवाइल अफ गरेर सम्पर्क विहीन भएपछि आफूहरु समस्यामा परेको सहकारीकी कर्मचारी एलिसा कुमारी लायो मगरले गुनासो गरिन् ।सहकारीका अध्यक्ष दास र प्रवन्धक रायमाझी सम्पर्क विहीन भएपछि बचतकर्ताहरु बचतको रकम माग्न आएका छन् ।कर्माचारीहरुले रकम कहाँबाट दिने एलिसाले बताईन् ।सहकारीका अध्यक्ष दासले सहकारीमा राखेको आफ्नो व्यक्तिगत कागजात १६ गते राति लिएर गएको सीसी टिभी फुटेजमा देखिएको छ ।लालबन्दीमा चुरियामार्य फर्निचर सोरुम सञ्चालन गर्ने सहकारीका अध्यक्ष दासको १६ गतेपछि पसल पनि बन्द रहेको छ ।केही प्रत्यक्षदर्शीले १६ गते राति नै सहकारीका अध्यक्ष दासले पसलबाट समान उठाएर लगेको बताएका छन् ।
लालबन्दीमै कोठा भाडामा लिएर बस्ने प्रवन्धक रायमाझी पनि सोही दिनदेखि बेपत्ता भएकी छिन् ।अध्यक्ष दास र प्रवन्धक रायमाझी सम्पर्क विहीन भएपछि सहकारीका कर्मचारीहरु लालबन्दी स्थित सहकारीको प्रधान कार्यालयमा जम्मा भएका थिए । लालबन्दी कार्यालयमा ४ जना,हरिपुरमा २ जना र हरिवनमा १ जना बचत उठाउने कर्मचारी राखेर सहकारीले व्यापारी,व्यवसायी तथा स्थानीयहरुसँग बचत उठाउँदै आएको थियो ।कर्मचारीका अनुसार सहकारीमा बचतकर्ताहरुको रु चार करोड बढी रकम बचत रहेको छ भने सहकारीको कार्यालय रहेको घरका घरधनीले पनि करिब ६ महिनादेखिको घरभाडा समेत नपाएको गुनासो गरेका छन् ।

सम्बन्धित समाचार