लालबन्दीको करदाता सेवा कार्यालय अगाडि टिकटको कालोबजारी,सबै पक्ष गैर जिम्मेवारपुर्ण जवाफ दिँदै पन्छिदै

1.1k Shares

सर्लाहीको लालबन्दीमा रहेको करदाता सेवा कार्यालय अगाडि टिकटको कालोबजारी भएको पाइएको छ।हुलाक कार्यालयबाट वितरण हुनु पर्ने टिकट बजारका चिया पसलका साथै करदाता सेवा कार्यालय लालबन्दी अगाडि किराना पसलका साथै फोटोकापी सेन्टरहरुमा खुलेआम रुपमा कालोबजारी गरी बिक्रि वितरण हुने गरेको पाइएको हो ।कार्यालयमा सेवा लिन जाने सेवाग्राहीहरुले फर्म तथा निवेदनमा टाँस गर्नु पर्ने रु १० को टिकटलाई करदाता सेवा कार्यालय अगाडि रहेका फोटोकापी सेन्टरहरु र किराना पसलहरुले रु १५ मा विक्रि गर्ने गरका भएपनि करदाता सेवा कार्यालय लालबन्दीका प्रमुख कर अधिकृत नविन सुवेदी मौन देखिएका छन् ।
बुधबार करदाता सेवा कार्यालय लालबन्दीमा सेवा लिन गएका एक सेवाग्राहीले रु १० को टिकटलाई रु १५ तिर्नु पर्दाे रहेछ तपाईहरुको भनाई के छ भनी कार्यालय प्रमुख एवम कर अधिकृत सुवेदीलाई सोध्दा उनले आफुले पनि रु १० को टिकटलाई रु १५ लिने गरेका छन् भन्ने सुनेको जवाफ दिए तर त्यसलाई न्युनिकरण तथा नियन्त्रणमा गर्नेमा उनको ध्यान नगएको देखियो ।कार्यालय अगाडि रहेका फोटोकापी सेन्टरहरुले खुलेआम रुपमा भित्र भित्रैबाट काम गराउने र त्यसवापत यस अघिका कार्यालय प्रमुख एवम कर अधिकृतहरुलाई कार्यालयका एक कर्माचारी मार्फत कमिसन बुझाउने गरेका समेत सूचनाहरु आएका थिए ।
हालका कार्यालय प्रमुख एवम कर अधिकृत सुवेदी आएपछि त्यस प्रकारका गुनासाहरु नआएका भएपनि टिकटमा खुलेआम रुपमा कालोबजारी गरिरहँदा कार्यालय प्रमुख एवम कर अधिकृत सुवेदी मौन देखिनुले शंका सृजना भएको छ ।यता,जिल्लामा यातायात कार्यालय स्थापना भएपछि टिकटको कालोबजारी बढेको जिल्ला हुलाक कार्यालय सर्लाहीका प्रमुख शम्भु ठाकुरले बताए । उनले जिल्लामा मिटर व्याज तथा ठगी पीडित किसान मजदुर संघर्ष समितिको कार्यालय स्थापना र यातायात कार्यालय स्थापना भएपछि जिल्ला हुलाक कार्यालय,ईलाका हुलाक कार्यालयहरु र अतिरित्त हुलाक कार्यालयहरुबाट सेवाग्राहीलाई वितरण गर्नुपर्ने टिकट विभिन्न मानिसहरु मार्फत बजारमा जाने गरेको पाइएको बताए ।सो विषयमा सर्लाहीका प्रमुख जिल्ला अधिकारीलाई समेत आफुले जानकारी गराएको उनले बताए ।उनले जीविन बिमा तथा सजिव निर्जिव बिमा कम्पनीहरुले लेटर प्याडमा लेखेर ल्याएपछि आफुहरुले माग बमोजिमको टिकट दिने गरेको भएपनि उनीहरुबाट पनि लिक भएर बाहिरि टिकट गएको हुन सक्ने र आफुले समय मिलाएर अनुगमन गर्ने बताए ।

सम्बन्धित समाचार