सर्लाहीका २० पालिकामा रु सात अर्ब ३७ करोड भन्दा बढी बेरुजु

2.5k Shares

सर्लाहीका पालिकाहरुमा रु सात अर्ब भन्दा बढी बेरुजु देखिएको छ।महालेखा परीक्षकको कार्यालयको प्रारम्भिक लेखापरीक्षण प्रतिवेदन २०७९ अनुसार जिल्लाका २० वटा पालिकाहरुमा रु सात अर्ब ३७ करोड ६६ लाख नौ हजार बेरुजु देखिएको हो ।जिल्लाका पालिकाहरुमा २०७९ असार ३२ गतेसम्मको लेखापरीक्षण प्रतिवेदन केलाउँदा विभिन्न पालिकाहरुमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरु तथा लेखा प्रमुखहरुको नाममा रु एक अर्ब एक करोड ९२ लाख चार हजार सात सय १९ रुपैयाँ ५९ पैसा बेरुजु देखिएको प्रारम्भिक लेखापरिक्षक प्रतिवेदन २०७९ मा उल्लेख छ । 
लेखापरीक्षण प्रतिवेदनअनुसार सबैभन्दा धेरै बरहथवा नगरपालिकामा रु ७९ करोड २२ लाख ४० हजार बेरुजु छ भने सबैभन्दा कम ब्रम्हपुरी गाउँपालिकामा रु १२ करोड १३ लाख ८७ हजार बेरुजु देखिएको छ ।जिल्लाका पालिकाहरुले विभिन्न योजना तथा कार्यक्रम सञ्चालन गर्ने उपभोक्ता समिति,फर्महरुसंगबाट स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ मा बेरुजु फछर्यौट गर्ने व्यवस्था रहेको छ । सोही ऐनको दफा ८४ (२) (घ) बमोजिम बेरुजु फछर्यौट गर्ने गराउने कर्तव्य प्रमुख प्रशासकीय अधिकृतको हुने व्यवस्था भए पनि कुनै पनि प्रमुख प्रशासकीय अधिकृतहरुले बेरुजु असुलमा तदारुकता नदेखाएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।बरु अधिकृतसँगै लेखा अधिकृतहरुका नाममा बेरुजु मधेशमै सबैभन्दा बढी सर्लाहीमा देखिएको छ ।
जिल्लाका पालिकाहरुले महालेखा परीक्षकबाट स्वीकृत नेपाल सार्वजनिक क्षेत्र लेखामानको ढाँचा पूर्ण रुपमा प्रयोग गरी वित्तीय विवरण तयार गरेको लेखा परीक्षण प्रतिवेदनमा देखाइको छ ।पालिकाहरुको लेखा परीक्षणबाट स्रोत र साधनको प्राप्तिको प्रक्षेपण यथार्थपरक नभएको, असुली लक्ष्य अनुसार नभएको,कर्मचारीको दरबन्दीअनुसार स्थायी पदपूर्ति नभएका कारण विकास निर्माण र सेवा प्रवाहमा प्रभावकारिता नआएको र अनुदानको पर्याप्त अनुगमन नभएको बताइएको छ । 
जिल्लाका पालिकाहरुले वितरणमुखी कार्यक्रम सञ्चालन गरेका,आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेका लगायतका व्यहोरा लेखापरीक्षण प्रतिवेदनले औँल्याएको छ।धेरैजसो बेरुजु देखिएको रकमको शीर्षकमा प्रमाण कागजात पेस नगरेको,पेस्की बाँकी,असुल गर्नुपर्ने र नियमित गर्नुपर्ने लगायत रहेका छन् ।
मलंगवा नगरपालिकाको अघिल्लो आर्थिक वर्षसम्ममा विभिन्न शीर्षकमा रु ४७  करोड ४० लाख २७ हजार बेरुजु छ भने आर्थिक वर्ष २०७८÷०७९ मा अद्यावधिक बेरुजु रु ६० करोड १० लाख १४ हजार पुगेको छ ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदी  र लेखा प्रमुख जमसैद आलम मिकरानीको नाममा रु १२ करोड ६९ लाख ८७ हजार दुई सय ६६ रुपैयाँ ४७ पैसा बेरुजु देखिएको छ । 
बलरा नगरपालिकाको गतवर्षमा रु ४१ करोड ५८ लाख २१ हजार बेरुजु बाँकी रहेकामा आर्थिक वर्ष २०७८÷०७९ मा समायोजन र सम्परीक्षणबाट फर्छ्यौटपछि अद्यावधिकमा रु चार करोड ३० लाख ६९ हजार बेरुजु पुगेको छ ।प्रमुख प्रशासकीय अधिकृत सन्तोष कुमार मिश्र, कौशलेन्द्र मिश्र र लेखा प्रमुख नीलहरि थापा तथा राजकुमार महतोको नाममा रु ६७ करोड २४ लाख आठ हजार ७१ बेरुजु देखिएको लेखापरिक्षक प्रतिवेदन २०७९ मा उल्लेख छ । ईश्वरपुर नगरपालिकाको गत आर्थिक वर्षसम्म लेखापरीक्षणबाट रु २९ करोड ९७ लाख ७४ हजार बेरुजु बाँकी रहेकामा हालसम्मको अद्यावधिक बेरुजु रु ३४ करोड २२ लाख १७ हजार पुगेको छ साथै,कार्यालय प्रमुख हिराकाजी श्रेष्ठ र लेखा प्रमुख श्याम प्रसाद यादवका नाममा रु ४५ करोड २५ लाख ४० हजार ६४ बेरुजु देखिएको छ । 
कबिलासी नगरपालिकामा पनि गतवर्षसम्म रु २३ करोड पाँच लाख ३८ हजार बेरुजु देखिएको छ भने विगत वर्षदेखि हालसम्म अद्यावधिक बेरुजु रु २९ करोड ८३ लाख ८५ हजार पुगेको छ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिृत उदय प्रसाद देवकोटा र लेखा प्रमुख गिरीश कुमार झाको नाममा रु ६७ करोड ८४ लाख सात हजार एक सय एक बेरुजु देखिएको छ ।
गोडैटा नगरपालिकाको गत आर्थिक वर्षसम्म रु ५३ करोड पाँच लाख ६७ हजार बेरुजु देखिएको छ ।आर्थिक वर्ष २०७८÷०७९ मा अद्यावधिक बेरुजु रु ६३ करोड ८७ लाख ९० हजार पुगेको छ ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश प्रसाद यादव र लेखा प्रमुख रनिश कुमार मिश्रको नाममा रु १० करोड दुई लाख २२ हजार आठ सय ६९ बेरुजु देखिएको छ । 
लालबन्दी नगरपालिकामा विगतका वर्षको रु ३३ करोड ७६ लाख १५ हजार बेरुजु रहेकामा आर्थिक वर्ष २०७८÷०७९ को लेखा परीक्षणबाट रु ३६ करोड ४६ लाख नौ हजार बेरुजु पुगेको छ ।प्रमुख प्रशासकीय अधिकृत वासुदेव तिमिल्सिना र लेखा प्रमुख नेत्र बहादुर पाख्रिनको नाममा रु दुई करोड ७० लाख ८२ हजार छ सय ९४ बेरुजु देखिएको हो । 
हरिपुर नगरपालिकामा गतवर्षसम्म रु ३४ करोड ६७ लाख तीन हजार बेरुजु रहेकामा आर्थिक वर्ष २०७८÷०७९ मा समायोजन र सम्परीक्षणबाट फर्छ्यौट गर्दा हालसम्म कायम अद्यावधिक बेरुजु रु ४४ करोड १३ लाख ९० हजार पुगेको छ ।प्रमुख प्रशासकीय अधिकृत राजकुमार दास,भुपेन्द्र कुमार सिंह र लेखा प्रमुख रञ्जित कुमार राय यादवको नाममा रु नौ करोड चार लाख नौ हजार चार सय ३२ रुपैयाँ तीन पैसा बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ । 
बागमती नगरपालिकामा विगतका वर्षको बेरुजु रु ४१ करोड ३२ लाख ४६ हजार रहेकामा  आर्थिक वर्ष २०७८÷०७९ मा फर्छ्यौटपछि अद्यावधिक बेरुजु रु ३२ करोड चार लाख २३ हजार मा झरेको छ । प्रमुख प्रशासकीय अधिकृत बिमल कुमार पोखरेल र लेखा प्रमुख विश्वराज पोखरेलको नाममा रु पाँच करोड ५४ लाख ५३ सय तीन सय ९६ बेरुजु देखिएको छ । 
हरिपुर्वा नगरपालिकामा गतवर्षसम्म रु ५१ करोड २२ लाख ६२ हजार बेरुजु रहेकामा आर्थिक वर्ष २०७८÷०७९ सम्ममा आइपुग्दा अद्यावधिक बेरुजु रु ५६ करोड ११ लाख दुई हजार पुगेको छ।प्रमुख प्रशासकीय अधिकृत बसन्त न्यौपाने र लेखा प्रमुख रामस्वार्थ महतो,सुरेश राउत,यमलाल पौडेल र रामबाबु राय यादवको नाममा रु चार करोड ८८ लाख ६५ हजार सात सय ४० रुपैयाँ बेरुजु देखिएको हो । 
हरिवन नगरपालिकामा गतवर्षसम्मको लेखा परीक्षणबाट रु १५ करोड ८१ लाख ६२ हजार बेरुजु छ ।अद्यावधिक बेरुजु रु १९ करोड ३१ लाख ५४ हजार पुगेको छ । प्रमुख प्रशासकीय अधिकृतहरू सुरेन्द्र प्रधान,खरुदेव चुडाल र लेखा प्रमुख प्रतीक कार्कीको नाममा रु तीन करोड ८३ लाख ९५ हजार सात सय २६ रुपैयाँ ८४ पैसा बेरुजु देखिएको हो । 
बरहथवा नगरपालिकामा गतवर्षसम्मको बेरुजु रु ६३ करोड ५४ लाख ८१ हजार रहेकामा अद्यावधिक गर्दा रु ७९ करोड २२ लाख ४० हजार पुगेको छ ।प्रमुख प्रशासकीय अधिकृत मदन कुमार थापा र लेखा प्रमुख नबेस रायको नाममा रु १५ करोड ६९ लाख १७ हजार आठ सय ८४ रुपैयाँ बेरुजु देखिएको हो । कौडेना गाउँपालिकामा गतवर्षसम्मको लेखा परीक्षणमा रु १२ करोड ७७ लाख ४९ हजार बेरुजु रहेकामा अद्यावधिक बेरुजु रु १८ करोड २८ लाख ९७ हजार पुगेको छ ।प्रमुख प्रशासकीय अधिकृतहरु शम्भु प्रसाद यादव,सुरेश साह,शिवनारायण शाह र लेखा प्रमुख हरिनारायण साहको नाममा रु पाँच करोड ९३ लाख ७२ हजार छ सय ४२ बेरुजु देखिएको हो । 
चक्रघट्टा गाउँपालिकामा गतवर्षको लेखा परीक्षण गर्दा रु १४ करोड सात लाख ४९ हजार बेरुजु देखिएकामा समायोजन र सम्परीक्षणबाट रु २१ करोड १३ लाख ३४ हजार अद्यावधिक भएको छ ।प्रमुख प्रशासकीय अधिकृतहरु सञ्जीव कुमार यादव,लालबाबु प्रसाद साह,नागेन्द्र यादव र लेखा प्रमुखहरु सञ्जय कुमार ठाकुर,शिवशंकर प्रसाद कुशवाहको नाममा रु छ करोड २६ लाख ५५ हजार सात सय ६९ बेरुजु रहेको छ । 
चन्द्रनगर गाउँपालिकामा रु ११ करोड ६० लाख ४२ हजार बेरुजु देखिएको छ भने  हालसम्मको अद्यावधिक बेरुजु रु १७ करोड ३६ लाख ११ हजार पुगेको छ।प्रमुख प्रशासकीय अधिकृतहरु मदनबहादुर थिङ,अशोक साह र लेखा प्रमुख सुनिल कुमार साहका नाममा ५ करोड ७५ लाख ६९ हजार ६६ रुपैयाँ बेरुजु छ । 
धनकौल गाउँपालिकामा गतवर्षसम्मको लेखा परीक्षणमा रु ३० करोड ४८ लाख ६५ हजार बेरुजु देखिएकामा अद्यावधिक बेरुजु रु ३५ करोड २१ लाख ६२ हजार पुगेको छ ।प्रमुख प्रशासकीय अधिकृत कृष्णमोहन प्रसाद साह र लेखा प्रमुख अभय कुमार साहको नाममा रु चार करोड ७२ लाख ९७ हजार ३५ बेरुजु देखिएको छ । 
पर्सा गाउँपालिकामा गतवर्षसम्मको लेखा परीक्षणमा रु ३० करोड १३ लाख ७२ हजार बेरुजु देखिएकोमा अद्यावधिक बेरुजु रु ३९ करोड ३५ लाख ४५ हजार पुगेको छ ।प्रमुख  प्रशासकीय अधिकृतहरु मदन बहादुर थिङ,सुरेश कुमार यादव र लेखा प्रमुख सुरेश राउतको नाममा रु नौ करोड २१ लाख ७३ हजार एक सय ३४ बेरुजु छ । 
बसबरिया गाउँपालिकामा गतवर्षसम्मको लेखा परीक्षणमा रु १८ करोड ७० लाख ३७ हजार बेरुजु छ भने अद्यावधिक बेरुजु रु २५ करोड ६३ लाख ३१ हजार पुगेको छ ।प्रमुख प्रशासकीय अधिकृत राम प्रकाश राय  र लेखा प्रमुख जयराम दासको नाममा रु सात करोड ६० लाख १९ हजार आठ सय ५२ रुपैयाँ नौ पैसा बेरुजु छ । 
विष्णु गाउँपालिकामा गतवर्षसम्मको लेखा परीक्षणमा रु १३ करोड ३२ लाख २७ हजार बेरुजु छ भने अद्यावधिक बेरुजु रु १३ करोड ६४ लाख ६४ हजार पुगेको छ ।प्रमुख प्रशासकीय अधिकृत सञ्जीव सापकोटा र लेखा प्रमुख सुशील कुमार यादवको नाममा रु दुई करोड ४४ लाख छ हजार दुई सय ९१ रुपैयाँ बेरुजु छ । 
ब्रहम्पुरी गाउँपालिकामा गतवर्षसम्मको लेखा परीक्षणमा रु नौ करोड ५० लाख ६७ हजार बेरुजु रहेकामा अद्यावधिक बेरुजु रु १२ करोड १३ लाख ८७ हजार पुगेको छ ।प्रमुख प्रशासकीय अधिकृतहरु शिव नारायण कापर,शैलेश यादव र लेखा प्रमुख सचिन कुमार न्यौपानेको नाममा रु छ करोड २३ लाख २० हजार एक सय पाँच बेरुजु छ । 
रामनगर गाउँपालिकामा गतवर्षसम्मको लेखा परीक्षणले रु ४१ करोड ६५ लाख एक हजार बेरुजु देखाएको छ भने अद्यावधिक बेरुजु रु ५० करोड ७९ लाख ७० हजार पुगेको छ । प्रमुख प्रशासकीय अधिकृत कृष्ण कुमार यादव  र लेखा प्रमुख सचिन कुमार न्यौपानको नाममा रु नौ करोड १४ लाख ६८ हजार नौ सय ८३ बेरुजु महालेखा परिक्षककको प्रतिवेदनले देखाएको छ । 

सम्बन्धित समाचार