सिरहाकाे कर्जन्हा नगरपालिका १ का वडा अध्यक्ष फणिन्द्र प्रसाद पाेख्रेल पक्राउ परेका छन् ।कर्जन्हा नगरपालिका १ स्थित चुरेवन क्षेत्र स्थित कमला खोलामा अवैध उत्खननका लागि सिफारिस दिएर सहयोग गरेको आरोपमा कर्जन्हा नगरपालिका १ का वडाध्यक्ष पोख्रेललाई नियन्त्रणमा लिएको डिभिजन वन कार्याल्य सिरहाले जनाएको छ ।
कर्जन्हा नगरपालिका १ बल्टियास्थित चुरे वन क्षेत्र भित्रको कमला खोलाको बगरबाट गत पुस ७ गते एस्काभेटर प्रयोग गरी अवैध रुपमा ढुंगा,गिटी र बालुवा उत्खनन गरिरहेकाे अवस्थामा डिभिजन वन कार्यालय सिरहाले एउटा एस्काभेटर र दुईजनालाई नियन्त्रणमा लिएको थियो ।
ऐन कानुनविपरीत अवैध उत्खनन्का लागि सिफारिस दिएर सहयोग गरेकाले वडाध्यक्ष पोख्रेललाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय सिरहाको हिरासतमा राखिएको सूचना अधिकारी राधेश्याम चौधरीले जानकारी दिए ।
उनका अनसार २०७९ मा सम्पन्न स्थानीय तहकाे निर्वाचनमा वडाध्यक्ष पोख्रेल नेकपा(एमाले)काे तर्फबाट निर्वाचित भएका हुन उनलाई डिभिजन वन कार्यालय सिरहाले पक्राउ पुर्जी दिएर पक्राउ गरिएको हो ।