सरकारी लिखित किर्ते सम्बन्धी कसूरमा नापी कार्यालय मलंगवा सर्लाहीका तत्कालिन कार्यालय प्रमुखसहित तीन जनाबिरुद्व जिल्ला प्रहरी कार्यालय सर्लाहीमा उजुरी परेको छ।तत्कालिन कार्यालय प्रमुख राम कैलाश महतो,सोहि कार्यालयमा तत्कालिन कार्यरत (गोडैता नगरपालिका फाँट हेर्ने) कर्मचारी अजय कुमार यादव र जिल्लाको गोडैता नगरपालिका ५ रामवनका हृदय नारायण साहमाथि सरकारी लिखित किर्ते सम्बन्धी कसूरमा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा उजुरी परेको हो ।
स्थानिय हृदय नारायणको मिलिमतोमा कार्यालयका तत्कालीन प्रमुख महतो र कार्यालयका कर्मचारी यादवले सोहि ठाउँको कित्ता नम्बर ४४६ को जग्गा रजिस्टर नम्बर २७०६ (ख) मिति २०६९ असोज २३ गतेको अंश बण्डा लिखतद्वारा कित्ता नम्बर ४४६ को जग्गा नापी शाखा कार्यालय मलंगवा सर्लाहीले साविक ब्लुप्रिंट नक्शामा कित्ताकाट गरि कायम कित्ता नम्बर ८१७ र ८१८ मध्ये कित्ता नम्बर ८१७ को नक्शा समेतलाई नापी शाखा कार्यालय मलंगवा सर्लाहीले २०७८ मा कम्प्युटराइज नक्शा कायम गर्दा कम्प्युटराइज नक्शामा कित्ता नम्बर ८१७ को दक्षिण भागको संकेत मेटाई किर्ते गरेको २०७८ पौष ६ गते थाहाँ पाएपछि गोडैता नगरपालिका ५ रामबन कै राजेन्द्र साहले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा उजुरी दिएका हुन । उनले उक्त जग्गा आफ्नो रहेकामा कार्यालयको कमजोरीले अरुको नाममा पर्न गएको छ सच्याई पाउँ भनि नापी कार्यालय मलंगवा सर्लाहीमा निवेदन समेत दिएको पीडित साहले जानकारी दिए ।
निवेदन दिए पनि यस सम्बन्धमा नापी कार्यालयले कुनै चासो नदेखाई हृदय नारायणलाई भने नक्शा प्रिन्ट भन्दै दर्ता नम्बर एवम मिति नलेखिएको र अमिनको हस्ताक्षरसमेत नरहेको तथा नापी अधिकृत कृष्णदेव सिंहले हस्ताक्षर गरेको पत्र पठाएपछि हृदय नारायणले उक्त जमिन आफ्नो रहेको भन्दै खाली गराउन दवाव दिएका पीडित साहले बताए ।उनले वर्षौ देखि उपयोग गर्दै आइरहेको जमिन एक्कासि आफ्नो भएको र छोड्न भने पछि आफु चकित भएको कानूनी पक्रियामा गई उक्त पुरानो नक्शामा हेर्दा उक्त जमिन आफ्नो नाममा रहेको समेत बताए ।आफ्नै भाई हृदय नारायणले कार्यालयका प्रमुख र कर्मचारीलाई प्रभावमा पारी उक्त जमिन आफ्नो नाममा बनाएको जाहेरी दिएको पीडित साहले बताए ।
आफुले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा २०८० बैशाख १२ गते जाहेरी दिएका भएपनि प्रहरीले घटनाको अनुसन्धानमा खासै चासो नदेखाएको पीडित साहले गुनासो गरे ।जाहेर दर्ता गराएको यति लामो समय भईसक्दा पनि प्रहरीले व्यवस्था गरेको देख्दा दुःख लागेको उनले गुनासो गरे ।नापी कार्यालय मलंगवा सर्लाहीमा बुझ्दा कार्यालयले छलफलका लागि उनीहरुलाई बारम्बार पत्राचार गरेको भएपनि कहिले कुन पक्ष त कहिले कुन पक्ष उपस्थित नहुने गरेको कार्यालयले बताएको पीडित साहले बताए ।त्यस्तै,जिल्ला प्रहरी कार्यालय सर्लाहीले मुद्धाका विषयमा अनुसन्धान भईरहेको जनाएको छ ।साथै तत्कालिन कार्यालय प्रमुख महतो कार्यालयमा पुरानो नक्शाबाट स्क्यान गरेर कम्युटराईज गर्दा कार्यालयको कमिकमजोरी भएको र आफू केहि दिनमै कार्यालयबाट सरुवा भएको बताएका पीडित साहको भनाई छ ।