लालबन्दी २ मा मिनि ट्रककाे ठक्करबाट कुँमरकाे मृत्यु

1.8k Shares

सर्लाहीको नवलपुर मलंगवा सडक खण्ड अन्तर्गत लालबन्दी नगरपालिका २ जुटपानीमा मिनि ट्रककाे ठक्करबाट हरिपुर नगरपालिका ७ का ५० वर्षिय रुदल कुँमर(दनुवार)काे घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएकाे छ । 
हरिवन नगरपालसका ४ सासापुर स्थित डावरीमा रहेकाे ईट्टा उद्योगमा काम गर्ने रुदल काम सकेर साईकलमा घर फर्किदै गर्दा प्रदेश २-०४-००१ क ००१४ नम्वरको मिनिट्रकले ठक्कर दिँदा घटनास्थल मै ज्यान गएकाे प्रहरीले जनाएको छ ।
 प्रहरीका अनुसार साइकललमा सवारी रुदल लडेपछि उठ्न खोज्दा पछाडिबाट तीव्र गतिमा आएको प्रदेश २-०४-००१ क ००१४ नम्वरको लालबन्दी नगरपालिका २ स्थित जुटपमनीमा रहेकाे नेस्नल वाटर एण्ड वेभरेज प्रा.लि(शिरीष)पानी फ्याक्ट्रीको  मिनि ट्रकले ठक्कर दिएर फरार भएको थियाे । साइकल यात्रीलाई ठक्कर दिएर फरार भएको मिनिट्रक र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु भएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

सम्बन्धित समाचार