तीन वटा मोटरसाईकल सहित यादव र २२० बोलत लागु औषध सर्लाही प्रहरीको नियन्त्रणमा

1.9k Shares

सर्लाहीको ब्रम्हपुरी गाउँपालिका ५ बाट एक भारतिय नागरिक नागरिक र तीनवटा मोटरसाईकल सहित लागु औषध सहित सर्लाही प्रहरीले नियन्त्रणमा लिएको छ ।नेपाल भारत सिमा क्षेत्र स्थित ब्रम्हपुरी गाउँपालिका ५ बाट भारतको सीतामढी जिल्ला ईन्दर्वा ग्राम पञ्चायत १५ का अन्दाजी २० वर्षीय बंशलाल यादवलाई लागु औषध सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपेन्द्र पञ्जियार थारुले जानकारी दिए ।
उनका अनुसार भारतबाट भित्र्याएर ब्रम्हपुरी क्षेत्रमा लागूऔषधको रुपमा प्रयोग हुने औषधी बिक्री वितरण हुँदै छ भन्ने विशेष सुचनाको आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले लागु औषध वाईन्रेक्स दुई सय २० बोतल सहित यादवलाई नियन्त्रणमा लिएको हो ।
बिआर ०६ विके ८०६० नम्बरको भारतिय मोटरसाईकलमा ल्याइएको दुई वटा जुटको बोरा खोलेर हेर्दा लागुऔषध वाइन्रेक्स दुई सय २० बोतल फेला परेको सर्लाही प्रहरीले जनाएको छ भने सोही स्थानमा शंकाष्पद् अवस्थामा फेला परेको बागमती प्रदेश २–०२२ प ३७९७ नम्बर र मधेश प्रदेश ०२–००७ प १२७९ नम्बरको मोटरसाईकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।अभियुक्त यादवलाई लागूऔषध मुद्धामा जिल्ला अदालत सर्लाहीबाट म्याद लिएर थप अनुसन्धान र कार्बाही प्रकृया अगाडी बढाईएको सर्लाही प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार