जनशक्ति र मापदण्ड नरहेको भन्दै लालबन्दी ६ को गढिमाई हस्पिटल प्रा.लि बन्द गर्ने सामाजिक विकास समितिको निर्णय

3.5k Shares

सर्लाहीको लालबन्दी नगरपालिका ६ मा सञ्चालित गढिमाई हस्पिटल प्रा.लि मापदण्ड विपरित सञ्चालन भएको भन्दै लालबन्दी नगरपालिकाको सामाजिक विकास समितिले बन्द गर्ने निर्णय गरेको छ ।लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाले केही दिन पहिला गरेको नगर भित्रका नीजि स्वास्थ्य संस्थाहरुको स्थलगत अनुगमनको क्रममा लालबन्दी नगरपालिका ६ मा सञ्चालित गढिमाई हस्पिटल प्रा.लि मापदण्ड विपरित सञ्चालन भएको पाइएको भन्दै बन्द गर्ने निर्णय गरिएको लालबन्दी नगरपालिकाको सामाजिक विकास समितिले जनाएको छ ।
नगर भित्रका ६९ वटा नीजि स्वास्थ्य संस्थाहरुको स्थलगत अनुगमन गर्दा लालबन्दी नगरपालिका ६ मा समीर बुढाथोकी क्षेत्रीले सञ्चालन गरेको गढिमाई हस्पिटल प्रा.लि मापदण्ड विपरित सञ्चालन भएको पाइएको नगर स्वास्थ्य शाखाले जनाएको छ ।नगरपालिकाको अनुगमन समिति र स्वास्थ्य शाखाले गरेको स्थलगत अनुगमन पछि आफ्नो नीजि स्वास्थ्य संस्थाहरुको आवश्यक सम्पुर्ण कागजात पेश गर्न निर्देशन गरिएको नगर स्वास्थ्य शाखाले जनाएको छ ।जस अनुसार लालबन्दी नगरपालिका ६ मा सञ्चालित गढिमाई हस्पिटल प्रा.लिले कुनै पनि कागजात पेश नगरेको हो । १५ शैयाको लागि कागजात पेश गरेको बताउँदै समीरले आफुले सबै प्रक्रिया पुरा गरेको दाबी गरेका भएपनि लालबन्दी नगरपालिकाकी नगर उप प्रमुख एवम अनुगमन समितिकी संयोजक कल्पना माया पाख्रिङको अध्यक्षतामा मंसिर १९ गते बसेको सामाजिक विकास समिति र विषयगत समितिले लालबन्दी नगरपालिकाको अनुगमन समिति र नगर स्वास्थ्य शाखाले मागेको आवश्यक कागजातहरु पेश नगरेको लालबन्दी नगरपालिका ६ मा महतोले सञ्चालन गरेको गढिमाई हस्पिटल प्रा.लिलाई आवश्यक कागजात पेश नगरेको र कागजातमा पेश गरेको जनशक्ति अनुसार हस्पिटलमा जनशक्ति नभएकाले मापदण्ड पुरा नगरेको पाइएको भन्दै बन्द गर्ने निर्णय गरेको हो ।
                विगत केही वर्ष पहिलादेखि सञ्चालनमा रहेको गढिमाई हस्पिटल प्रा.लिमा यस अघिपनि पटक पटक अनुगमन गर्दा आवश्यक कागजात पेश नगरेको र जनशक्ति समेत नभएकाले मापदण्ड पुरा नगरेको पाइदै आएको थियो तर बन्द नै गर्ने निर्णय नहुँदा सो हस्पिटलले उन्मुक्ती पाउँदै आएको थियो ।आवश्यक जनशक्ति समेत नराखि नगरपालिकाको मुटुमा हस्पिटल सञ्चालन भई रहेको भएपनि लालबन्दी नगरपालिका,नगरपालिकाको स्वास्थ्य शाखा र सामाजिक विकास समिति यस अघि वेखबर बनेको थियो ।

सम्बन्धित समाचार