सर्लाहीको हरिवन नगरपालिका ११,बालगंगाको मुस्लिम बस्ती स्थित कब्रस्थान(दाहसंस्कार स्थल)मा शव गाडिएकी एक युवतीको हत्या भएको दाबी सहित ईलाका प्रहरी कार्यालय हरिवनले कार्बाही प्रकृया अगाडी बढाएको छ ।हरिवन नगरपालिका ११ निवासी शेख ईर्सादकी १७ वर्षिय छोरी तवसुन खातुनको मृत्यु शंकाष्पद् रहेको भन्दै ईलाका प्रहरी कार्यालय हरिवनको टोलीले कब्रस्थान(दाहसंस्कार स्थल)मा गाडिएको शव मंसिर ३ गते निकालेर प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा पोष्टमार्टम गराएको थियो ।
घाँटीमा दबाब दिएका कारण युवतीको मृत्यु भएको पोष्टमार्टम रिपोर्ट आएपछि प्रहरीले अभियुक्तहरु विरुद्ध कर्तव्य ज्यान मुद्धामा कार्बाही प्रकृया अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपेन्द्र पञ्जियार थारुले जानकारी दए ।उनका अनुसार तवसुन मृत्यु प्ररणमा पक्राउ परेकी उनकी सौतेनी आमा ४५ वर्षीया सकिना खातुनको बयान र अस्पतालबाट आएको पोष्टमार्टम रिपोर्ट फरक फरक आएपछि प्रहरीले हत्या भएको दाबी सहित कार्बाही प्रकृया अगाडी बढाएको हो ।
सकिनाले पक्राउ परेदेखि निरन्तर पेट दुखेर तवसुनको मृत्यु भएको बयान दिएपनि पोष्टमार्टम रिपोर्टमा घाँटीमा दबाब दिएको देखिएपछि प्रहरीले तवसुनको हत्या भएको दाबी सहित जिल्ला सरकारी वकिल कार्यालय मलंगवा सर्लाहीमा गत मंगलबार फाईल पठाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक थारुले बताए ।अभियुक्तहरु विरुद्ध कर्तव्य ज्यान मुद्धामा जिल्ला अदालत सर्लाहीमा अभियोग पत्र दर्ता गरिएको जिल्ला न्यायाधिवक्ता कैलाश दाहालले जानकारी दिए।उनका अनुसार पक्राउ परेका अभियुक्तहरु विरुद्ध कर्तव्य ज्यान मुद्धामा अभियोग पत्र दायर गरिएको हो ।
प्रहरीले तवसुन मृत्यु घटनामा उनका बुबा शेख ईर्साद,सौतेनी आमा सकिना,झडकेला दाजु शेख मिर अमजा (शेख चाँद)र अमजाकी पत्नी जिन्नत खातुनलाई अभियुक्त बनाएको छ बुबा ईर्साद, झडकेला दाजु अमजा र अमजाकी श्रीमती खातुन भने फरार रहेका र उनीहरुको खोजी कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक प्रविण धितालले जानकारी दिए ।उनका अनुसार पक्राउ परेकी सौतोनी आमा सकिनाले मृतकका बुबा ईर्साद र झड्केलो दाजु अमजा विगत एक महिना अघिदेखि बाहिर रहेको बताएपनि तवसुनको मृत्यु भएको दिन दुवैजनाले प्रयोग गर्ने सिमको “लोकेशन”हरिवनमै देखिएकाले तवसुनको मृत्युमा प्रहरीले अभियुक्तहरुको कर्तव्य दाबी गरेको छ ।
पोलिग्राफ मेशिनले परीक्षण गर्दा समेत पक्राउ परेकी अभियुक्त तवसुनकी सौतेनी आमा सकिनाले झुठो बोलेको रिपोर्ट आएको जिल्ला न्यायाधिवक्ता दाहालले जानकारी दिए ।प्रहरीका अनुसार एक्कासी पेट दुखेर मृत्यु भएको भन्दै गत कात्तिक २६ गते तवसुनको शव परिवार र स्थानीय मिलेर कब्रस्थान(दशसंस्कार स्थल)मा दाहसंस्कार (खाडल खनेर गाडेका) गरेका थिए । तर तवसुनको मृत्यु नभई हत्या हुनसक्ने भन्दै सुराकी आएपछि प्रहरीले मंसिर ३ गते कब्रस्थान(दशसंस्कार स्थल)को खाल्डोबाट शव निकालेर पोष्टमार्टम गराएको थियो । प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा तवसुनको शव पोष्टमार्टमसँगै प्रहरीले भिसेरा परीक्षणका लागि मुटु,फोक्सो र कलेजोको टुक्रा समेत विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
मंसिर १ गते राती कब्रस्थान(दशसंस्कार स्थल)बाट तवसुनको शव उत्खनन् गर्ने क्रममा स्थानीयले ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख एवम प्रहरी निरीक्षक अनिल राज गिरी सहित अन्य सुरक्षाकर्मीलाई दुव्र्यवहार समेत गरेका प्रहरीले जनाएको थियो ।तर प्रहरीले शवलाई पोष्टमार्टम गराएर भिसेरा परीक्षणका लागि मुटु,फोक्सो र कलेजोको टुक्रा समेत विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाए पछि शवलाई तवसुनका परिवारलाई नै जिम्मा लगाएको र सोही कब्रस्थान(दशसंस्कार स्थल)मा मुस्लिम परम्परा अनुसार खाल्डो खनेर गाडिएको थियो ।