सरकारी सवारीसाधनहरुको चरम दुरुपयोग,सरोकारावाला निकाय मौन

2.3k Shares

“गाउँगाउँको सिंहदरवार”का सिंहहरुले आफु खुसी सरकारी सम्पतीको चरम दुरुपयोग गरेका पाइएको छ ।ठूला आदर्शवादी भाषण गर्ने देशभरकै स्थानीय तहहरुका जनप्रतिनिधिहरुले कुनै न कुनै रुपमा आफ्नो अधिकार दुरुपयोग गर्नुका साथै सरकारी सम्पतीलाई नीजि रुपमा प्रयोग गर्ने गरेका पाइएको छ ।देशभरका सबै भन्दा धेरै २० स्थानीय तह रहेको सर्लाहीको अधिकांश स्थानीय तहहरुका जनप्रतिनिधिहरुले सार्वजनिक विदाको दिनपनि सरकारी सवारीसाधनहरुको चरम दुरुपयोग गरेका भएपनि सरोकारवाला निकाय मौन देखिएको छ ।गाउँ गाउँमा सिंहदरबार भने नाराका साथ संघियता अनुरुप व्यवस्था गरिएको स्थानीय तहहरुका निर्वाचित जनप्रतिनिधिहरु देखि कर्मचारीहरुले समेत सार्वजनिक विदाको दिन,हाटबजार जान,किनमेल गर्न जाँदा र ससुराली तथा माईत जाँदा समेत सरकारीसवारी साधनहरुको चरम दुरुपयोग गरेका भएपनि सरोकारवाला निकाय जिल्ला प्रशासन कार्यालय सर्लाही र जिल्ला समन्वय समिति सर्लाही मौन देखिएको छ ।
जिल्लामा ११ नगरपालिका र नौ गाउँपालिका गरी दुईवटा वडाहरु रहेकामा अधिकांश वडा अध्यक्षहरुले सरकारी सवारीसाधनकोे दुरुपयोग गर्ने गरेका पाइएको हो ।जनताको समस्या समाधानको लागी उनीहरूको घर दैलोमा पुग्न र विकास निर्माणको काममा सहज भएर लाग्नका लागि राज्यले दिएको सरकारी सवारीसाधनलाई  नीजि कामका लागि समेत प्रयोग गर्ने साथै सार्वजनिक विदाका दिनमा पनि विना पास प्रयोग गर्ने गरेका पाइएको भएपनि जिल्लाका ट्राफिक प्रहरीहरु पनि बेखर देखिएका छन् ।
संघिय संरचना स्थापना हुँदाका बखत स्थानीय तहहरुले सरकारी सवारीसाधनलाई पहिलो प्राथमिकतामा राखेर ठूलो  धनराशी खर्च गरेर खरिद गरेका भएपनि त्यसको सहि सदुपयोग हुन पाएन् ।लाखौं खर्च गरेर खरिद गरिएका सरकारी सवारीसाधनहरुमा इन्धन,मोविल तथा मर्मत खर्च स्थानीय तहहरुले नै वेहोर्ने गरेका भएपनि कार्यालय प्रयोजन विपरित प्रयोग हुँदा राज्यको ठूलो धनराशी बालुवामा पानी भएको जानकारहरु बताउँछन् ।
स्थानीय तहहरुले विकास बजेटबाट वार्षिक लाखौा रकम कटाएर सरकारी सवारीसाधनहरुका इन्धन,मोविल तथा मर्मत सम्भारमा खर्च गर्ने गर्दा अहिले व्यापक आलोचना समेत हुन थालेको छ ।सर्लाही जिल्लामा मात्र नभइ मधेस प्रदेश भरिकै अधिकाश स्थानीय तहहरुका जनप्रतिनिधिहरु तथा कर्मचारीहरुले सरकारी सवारीसाधनहरुलाई घरायसी,खेतवारीको काम,माईत ससुराली तथा हाटबजार जान र विभिन्न राजनीतिक कार्यक्रमहरुमा जान समेत प्रयोग गर्न थालेका छन् ।कार्यालय प्रयोजनका लागि खरिद गरिएका सरकारी सवारी साधनहरुको चरम दुरुपयोग माथी निगरानी बढाएर सरकारी सम्पत्तिको दुरुपयोग गर्नेहरुलाई आवश्यक कार्बाही गर्न सरोकारवाला निकायको ध्यान जान जरुरी रहेको जानकारहरुको भनाई छ।

सम्बन्धित समाचार