प्रहरीको मोटरसाईकल र अर्काे मोटरसाईकल ठोक्किएर उछिटिदा बसले किचेर १ जनाको मृत्यु,३ जना घाईते

4k Shares

पुर्व पश्चीम लोकमार्ग अन्र्तगत सर्लाहीको बागमती नगरपालिका ११ स्थित पुरानो चौकी अगाडि भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने तीन जना घाईते भएका छन् ।पुर्व पश्चिम लोकमार्ग अन्तरगत बागमती नगरपालिका ११ नयाँ बजारमा शनिबार राति करिब साँढे सात बजे दुई मोटरसाईकल एक आपसमा ठोक्किएर लडी यात्रु बसले किच्दा एक जनाको घटनास्थल मै ज्यान गएको र अरु तीन जना घाईते भएका प्रहरीले जनाएको छ ।
पुर्व पश्चिम लोकमार्गमा पुर्वबाट पश्चिमतर्फ जादै गरेको प्रदेश २–०३–००६ प.६७ नम्बरको मोटरसाईकल र पश्चिमबाट पुर्वतर्फ गस्तीमा जाँदै गरेको ईलाका प्रहरी कार्यालय कर्मैयाको बा २ ब–५७६६ नम्बरको मोटरसाईकल एक आपसमा ठोकिएर लड्दा पुर्वबाट पश्चीम तर्फ जाँदै गरेको ना.७ ख.१८३६ नम्बरको रातीकालीन यात्रुबसले किच्दा नामथर वतन नखुलेका अन्दाजी ३५ वर्षका एक पुरुषको घटनास्थल मै ज्यान गएको छ भने सोही मोटरसाईकलका चालक फरार रहेका छन् ।स्रोतका अनुसार उनीपनि घाईते भएका छन् ।
त्यस्तै प्रदेश २–०३–००६ प.६७ नम्बरको मोटरसाईकललाई ठक्कर दिने ईलाका प्रहरी कार्यालय कर्मैयाको गस्तीमा रहेको बा २ ब–५७६६ नम्बरको नेपाल प्रहरीको मोटरसाईकलका चालक अन्दाजी ३६ वर्षका रामशरण न्यौपाने र ईलाका प्रहरी कार्यालय कर्मैयाका प्रहरी प्रमुख एवम प्रहरी बरिष्ठ सई नायारण कुमार दाहाल पनि घाईते भएका छन् ।घाईते भएका बा २ ब–५७६६ नम्बर नेपाल प्रहरीको मोटरसाईकलका चालक न्यौपानेको स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार पछि धनुषाको लालगढमा रहेको लालगढ मोडेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ भने सोही मोटरसाईकलमा पछाडि सवार ईलाका प्रहरी कार्यालय कर्मैयाका प्रमुख एवम प्रहरी बरिष्ठ सई दाहालको पनि बागमती मोडल अस्पताल कर्मैयामा उपचार भई रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संग्लग्न भएको प्रदेश २–०३–००६ प.६७ नम्बरको मोटरसाईकल,बा २ ब–५७६६ नम्बरको नेपाल प्रहरीको मोटरसाईकल ईलाका प्रहरी कार्यालय कर्मैयाको नियन्त्रणमा रहेका छन् भने ना.७ ख.१८३६ नम्बरको रातीकालीन यात्रुबस र त्यसका चालक रौतहटको चन्द्रपुर नगरपालिका १ का अन्दाजी वर्ष ३६ का रामहरी चौधरी ईलाका प्रहरी कार्यालय हरिवनको नियन्त्रणमा रहेका छन् । शवलाई पोष्टमार्टका लागि प्रादेशिक अस्पताल मलंगवा पठाईएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार