इ.प्र.का. कर्मैया प्रहरी हबल्दार चौधरीको कब्जामा

2.2k Shares

सर्लाहीको इलाका प्रहरी कार्यालय कर्मैयामा कार्यरत प्रहरी हबल्दार नन्द किशोर चौधरीको दादगिरी मौलाएको छ ।प्रहरी संगठनमा जागरि खाएर पनि नेकपा(एमाले)को खोल ओढेका हबल्दार चौधरीले आफु भन्सार सिनियर प्रहरी बरिष्ठ हबल्दार हुँदा हुँदैपनि इलाका प्रहरी कार्यालय कर्मैयाको तीन वटा शाखा एक्लैले जिम्मा लिएका छन् । 
इलाका प्रहरी कार्यालय कर्मैया भन्दा अन्यन्त्र दरबन्दी भएका हबल्दार चौधरीले इलाका प्रहरी कार्यालय कर्मैयाको सञ्चार,प्रशासन र हबल्दार मेजरको काम एक्लैले गर्दै आएका छन् । त्यसको अलावा सर्लाहीका कुख्यात व्यापारी सन्तोष साहसंग चिनीको कारोबार वापत कमिसन असुल्ने, इलाका प्रहरी कार्यालय कर्मैयामा नागरिकताको सिफारिस मुचुल्का लिन आउने मानिसहरुसंग रु १ हजारका दरले कमिसन असुल्ने,काठ तस्करहरुसंग कमिसन असुल्ने गर्नुका साथै सञ्चारको सेट बोकेर मापसे गर्ने गरेका समेत इलाका प्रहरी कार्यालय कर्मैया स्रोतको दाबी छ ।
सो विषयमा इलाका प्रहरी कार्यालय कर्मैयाका प्रहरी प्रमुख प्रहरी बरिष्ठ सई नारायण दाहाललाई जानकारी भएपनि उनी समेत मौन बसेका पाइएको छ । उनले विगत करिब २ वर्षदेखि जिल्ला प्रहरी कार्यालय सर्लाहीको सञ्चार शाखालाई आर्थिक तथा नेकपा(एमाले)को राजनितिक पावर लगाएर कर्मैयामा बसी  आफु भन्दा तल्लो दर्जाका सहायक हबल्दारका साथै जवानहरु र नेपाल प्रहरी मधेश प्रदेश जनकपुरधामका प्रमुख डिआईजी जनक भट्टराईको समेत चरित्र हत्या हुने गरी प्रहरी प्रधान कार्यालयमा वेनामी उजुरी समेत गरेका पाइएको छ ।
सर्लाहीकै प्रहरी चौकी गोडैता दरबन्दी भएका प्रहरी हबल्दार चौधरीले एमाले नेताहरुको पावरमा लामो समयदेखि कर्मैयामा बसी प्रहरी संगठनको आचरण विरुद्धका कामहरु गरि रहेका भएपनि जिल्ला प्रहरी कार्यालय सर्लाहीको सञ्चार शाखालाई कौडिको भाउमा कनिमेल गर्ने गरेका समेत प्रहरी स्रोतको दाबी छ ।

सम्बन्धित समाचार