मधेश प्रदेशका सिमानाकाहरुबाट सरोकारवाला निकायकै मिलेमतोमा तस्करी र भन्सार छली

2.1k Shares

मधेश प्रदेशका अधिकांश सिमा नाकाहरुबाट सुरक्षाकर्मीहरु,भन्सार कार्यालयका कर्माचारीहरुका साथै राजश्व अनुसन्धान कार्यालयका कर्माचारीहरुको मिलेमतोमा ठूलो तस्करी हुने गरेको पाइएको छ ।सिमा क्षेत्रको सुरक्षा र सिमानानकाबाट हुने गैर कानुनी कार्यलाई रोक्न भन्दै मधेश प्रदेशका जिल्लाहरुका प्रत्येक ४/४ किलो मिटरको दुरीमा सशस्त्र प्रहरीका बिओपी तथा गुल्महरु छन् भने प्रसस्त प्रहरी चौकीहरु रहेका छन् ।साथै सवै जिल्लाहरुमा भन्सार कार्यालयहरु र मधेश प्रदेशमा २/३ वटा राजश्व अनुसन्धान कार्यालयहरु रहेका भएपनि तीनै कार्यालयहरुका कर्माचारीहरुको मिलेमतोमा भन्सार छलीका सामानहरुका साथै भन्सार नै काट्न नमिल्ने सामानहरु पनि छिमेकी देश भारतका सिमाक्षेत्रका बजारहरुबाट निर्वाध रुपमा नेपाली बजारमा आउने गरेका पाइएको छ ।
देशको अर्थतन्त्र नै धाराशायी भएर उकास्न धौ–धौ भइ रहेको अवस्थामा सरोकारवाला निकायहरुका कर्माचारीहरु कै सहयोगमा तस्करी हुनुलाई देशको दुर्भाग्य भन्नु पर्ने जानकारहरु बताउँछन् ।जसका कारण देशको राजश्य संकलन तथा असुली पनि सोचेअनुसार प्रगति तर्फ लम्कीन सकेको छैन् । राजश्व शंकलक निकाय वीरगन्ज भन्सार कार्यालयका कर्माचारीहरु र राजश्व अनुसन्धान कार्यालयका कर्माचारीहरुका साथै सिमा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीहरुको सहयोगमा हुने तस्करीलाई नत माथिल्लो निकायले निरिक्षण नै गर्न सकेका छन् नत नियमन नै गर्न सकेका छन् ।
वीरग्नज महानगरसंगै जोडिएका भारतीय सिमावर्ती मुख्य नाकाका साथै सहायक एवम चोरी नाकाको रुपमा परिचित इनर्वा गाउ,भन्सार पछाडी बांसघाडी,भकुवा कोना,बजार छपकैया, सिर्सिया र अलौबाट वीरगन्ज र सिमावर्ती भारतीय बजार रक्सौलका तस्करहरुले कपडा,काजु, मरिच, छोहडा,मोटरपार्टस,विश्फोटक पदार्थका साथै चिनी लगायतका समाग्रीहरु भन्सार छली नेपाल भित्रियाउने गरेका पाइएको छ ।जसका कारण मधेश प्रदेशका सबै जिल्लाका सिमानाकाहरु गन्हाउन थालेका छन् । यस तर्फ सबैको ध्यान जान जरुरी रहेको जानकारहरु बताउँछन् ।
यता,मधेश प्रदेशका सबै जिल्लाका भन्सार कार्यालयहरु तस्करहरुको अखडा बनेका छन् । सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएका भन्सार छलीका सामानहरु भन्सार कार्यालय पुर्याउनु पहिलै तस्करहरु भन्सार कार्यालयमा पुगि सकेका पाइएको छ ।सुरक्षाकर्मीहरुले भन्सार बुझाउन नपाउँदै तस्करहरुले सहजै छुटाएर लैजाँने गरेका समेत पाइएको छ ।त्यसका साथै केही क्लियरिङ एजेन्टहरुले ग्रीन च्यानलबाट आउने मालसामान भित्र विभिन्न मुल्यवान बस्तुहरु भन्सार छली गरी सहजै नेपाल भित्रियाएर गन्तब्य सम्म पु¥याउने गरेका समेत पाइएको छ ।साथै मधेश प्रदेशका सबै जिल्ला भन्सार कार्यालयहरु परिसर तथा गेटबाटै तस्करी हुने गरेको पाइएको छ ।

सम्बन्धित समाचार