तस्करीमा सहयोग गर्ने सशस्त्रका एस.पी भारती र डिएसपी खड्कालाई विभागीय कारबाही

1.5k Shares

तस्करीमा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ हे.क्वा.गण सिरहाका गणपति एवम सशस्त्र प्रहरी उपरिक्षक प्रमोद भारती र सशस्त्र प्रहरी नायव उपरिक्षक पवन खड्कालाई विभागीय कारबाही भएको छ ।सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ हे.क्वा.गण सिरहाका गणपति एवम सशस्त्र प्रहरी उपरिक्षक भारती र प्रस्तावित सशस्त्र प्रहरी सिमा सुरक्षा गुल्म मार्डरका प्रमुख एवम सशस्त्र प्रहरी नायव उपरिक्षक खड्कालाई तस्करीमा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी मधेश प्रदेश तानिएको र छानविन पछि विभागीय कार्बाही भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।
उनीहरुलाई सशस्त्र प्रहरी बल नेपालको हेडक्वार्टरले कारबाही गरेको हो तर अर्का सशस्त्र प्रहरी नायव उपरिक्षक रामहरी खड्कालाई भने कारबाही भएको छैन् ।सिराहाका सिमानाका भएर पछिल्लो समय कपडा लगायतको ठूलो कारोबार भएको पाइएको थियो । त्यसपछि छानविनका लागि तानिएका उनीहरुलाई दोषी प्रमाणित भएपछि विभागिय कार्बाही गरिएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।

सम्बन्धित समाचार